“दुःख फुर्सद मिलाएर आउँछ र आनन्दले बस्छ, सुख हतारिँदै आउँछ र वारम्वार रोक्दा पनि सुटुक्कै गईहाल्छ ।” शुश्री अनुराधा शास्त्री
पं. शुश्री अनुराधा शास्त्रीको उपरोक्त डाइलगवाट यो स्तम्भ लेख शुरु गर्दैछु । सुख खोज्ने सबै महानुभावहरूलाई ज्ञात भएकै विषय हो तथापि –
खोजेर ल्याएको कुनै पनि कुरा धेरै समयसम्म टिक्दैन–को यो ज्वलन्त उदाहरणत हुँदै हो, तर पनि हामीहरु व्यस्ता विषयमा सेरिएर लागि रहन्छौ । सेरिएर लाग्नुको बदलामा हामीहरू (धेरैजसो) शान्तसँग बसिरहन सक्दै सक्दैनौं । यो हामीलाई विद्वान, सन्त, महात्माहरूले वारवार सिकाएको जनाएको भएता पनि हाम्रो स्वभावले गर्दा एक्लै चुप लागेर बस्न रुचाउदैनौ र भिडसंग जोडिन पुग्छौ ।
भिडको एउटा नियम के पनि छ भने उसले प्रत्येक मान्छेको मन–स्थिति बदल्दिन्छ । उसैको विचार र पद्धतिसंग मान्छे वग्न थाल्छ – हिँडिदिन्छ । वास्तवमा भिडले राम्रो काम कम र नराम्रो काम वढी–अति नै गर्न रुचाउछ । जस्तैः– अस्तिको भाद्र २३ र २४ गतेको नरसंम्हार, राष्टिूय अस्मिताका नोक्सानीहरू ।
मिड भनेकै समाज हो । समाजको शब्दकोषको अर्थ मैले पढेको छैन तर समाज भनेको शत्रु पनि हो यो मैले भोगेको अर्थ हो । यो किनभने समाजको लागि जतिसुकै राम्रो काम गर्नोस् उ तपाइँको टिका(टिप्पणी र निन्दा गर्न खप्पिस छ, तपाइलाई प्रोत्साहन गर्नुको सट्टा बिगार्न तिर लाग्छ । अर्थात् व्यक्ति विशेषको कुरालाई प्राथमिकतामा राखेर उछितो खन्न शुरु गरिहाल्छ, त्यसैले मैले समाजको अर्थ शत्रु ठानेको हो । उछितो खन्नेमा कम्तिमा दुई–चार मान्छे हुन्छन् । दुई वा दुई भन्दा माथिको मानिसको समूहलाई वा परिवारलाई समाज. समुदाय तथा ‘टीम’ भनिन्छ । र मान्छेहरू टीमको माध्यमवाट आफ्आफ्नो सम्रदाय या गनौ पार्टी वनाउँछन र राजनीति गर्न थाल्छन ।
यहि परम्पराको उत्कृष्ट………? रूपलाई नै सामाजिक भाषामा प्रजातन्त्र भनिन्छ ।
विश्वभाषा क्याम्पस छ भृकुटीमण्डप काठमाडौमा । त्यो क्याम्पसले विश्वभाषाकै शब्दकोष “प्रजातन्त्र “को के अर्थमा अध्ययन गराउँछ मलाई थाहा छैन । तर व्यवहारमा मेरो दृष्टिमा के छ भने– प्रजातन्त्रले समूदाय– समूहको वकालत गर्छ, समूहमा शक्ति हुन्छ (ग्लष्तथ ष्क एयधभच) भन्छ र त्यसलाई नै सर्वोपरि मान्छ । मान्छेलाई भन्दा उसको शक्तिलाई कदर गर्छ, मान्यता दिन्छ र उसको टोपी बोकेर हिँड्छ । अनेक आफ्ना मौलिक प्रोपोगान्डा फिजाउँछ र आफू शक्तिमान बन्न पुग्छ । यसले मानवीयता, माटो, देश र इज्जतलाई घरापमा राख्छ र उसको समूदाय अर्थात् पार्टीलाई माथि उचाल्छ । विश्वको भू–राजनीतिमा यो भन्दा हानीकारक अरु कुनै तत्व छैन, अर्को ठूलो कुनै क्यान्सर (ऋबलअभच) रोग छैन यस पृथ्वीमा । तर हामी दिन त्यसैको पहाडी अर्थात भिड तिरै दौडिरहेका छौ; मलाई थाहा छैन ।
पार्टी भन्ने बित्तिकै, प्रजातन्त्र भन्ने बित्तिकै त्यहा प्रतिष्पर्धा हुन्छ र एक व्यक्तिले जित्छ । हाम्रो देशमा वि.सं. २००७ देखि निरन्तर यसरी नै नेतृत्व गरिएको राजनीनिले फेरि ८२ फागुन २१ मा अर्को जुन विशिष्ट चुनाव लड्दैछ, हेरौ परिणाम कस्तो निस्कन्छ ।
उपरोक्त सुश्रीको डाइलगजस्तै के हाम्रो देशमा दुःख फुर्सद मिलाएर बसेको हो …?
कहिले सम्म….? मेरो देशलाई (पृथ्वीलाई) हामीले हाम्रो देशलाई राजनीतिले द्यबिअप ७ धजष्तभ मा मात्र बुझ्यो । हामीलाई यो राम्रो, यो नराम्रो मात्र छ बुझ्यौ । जननी र जन्म भूमिलाई कलरमा बुझ्न कहिल्यै जानेन यो प्रजातन्त्रले । यो राजनीतिले खासगरि यीनै नेताले –?) ।
रंगिनमा हेर्न जानेका भए त्यही स्वर्ग नर्क दुवै देखिने थियो । धिक्कार छ यस्ता अगुवाहरु, सावधान यस्ता नेताहरु ।

Author

You may also like