पछिल्लो समयमा स्थानीय सरकारको पहलमा ठाउँ ठाउँमा सर्पदंश उपचार केन्द्रको स्थापना गरेर उपचार भईरहँदा पनि अझै पनि गाउँगाउँमा सर्पदंशका कारण अनाहकमा ज्यान जाने क्रम बढ्दो छ ।
गर्मीसँगै मौसममा आएको परिवर्तनले झापाको दमकस्थित नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रसहित चारआलीमा नेपाली सेनाले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्र र कनकाईमा रहेको सर्प दंश उपचार स्वास्थ्य संस्थामा सर्प डसाईका विरामीहरु उपचारका लागि आउने क्रम बढ्ेको हो । गाउँबस्तिमा काम गरेर बस्ने मानिसहरुमा बढी सर्पको जोखिम हुने गरेको छ । खेलबारीमा काम गर्नुपर्ने अवस्थामा लुकेर बसेका सर्पहरुले डस्ने र समयमा उपचार नपाँदा ज्यान जानेसम्मका घटनाहरु भईरहेका छन् । यस्तै रिपोर्ट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताले गर्मी संगै पानी पर्न थालेपछि सर्पदंशका बिरामी बढ्दै गएको बताउँछ । शुक्रराजमा मात्र पछिल्लो एक÷दुई हप्तादेखि दैनिक पाँच÷छ जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेको उनको भनाई छ ।
टेकु अस्पतालमा अधिकांश बिरामी हरियो सर्पले टोकेर आउने गरेको बताएको छ हरियो सर्पले टोकेमा बिरामीमा रगत पातलो भएर रगत बग्ने, घाँउ हुने जस्ता लक्षण देखिने गर्दछन् ।
स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०÷८१ ले आर्थिक वर्ष २०८०÷८१ मा आठ हजार १८१ जना सर्पदंशका बिरामी पत्ता लगाएका मध्ये छ हजार ६९३ लाई विष रहित र एक हजार ४८८ लाई विषालु सर्पले टोकेको तथ्याङ्कले देखाएको छ ।
सर्पको टोकाईबाट बच्न घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जङ्गल, झाडीमा जाँदा सर्प भए नभएको जाँच गर्ने, घाँस काट्दा, खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ । अँध्यारोमा बत्ती बालेर हिँड्न चिकित्सकले सुझाव दिने गर्दछन् । सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले “एन्टी स्नेक भेनस सेरम” मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ । नेपालमा वर्षेनि कति जनालाई सर्पले टोक्छ ? सर्पको टोकाइबाट कति जनाको मृत्यु हुन्छ ? यसको ठ्याक्कै उत्तर दिने निकाय छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वाथ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, स्थानीय तहलगायतले सर्पले टोकेका व्यक्ति, उपचार र मृत्यु हुनेको विवरण राख्ने काम गर्दै आएका छन् । नेपालमा ९० प्रजातिका सर्प पाइन्छन्, जसमध्ये १७ देखि २० प्रजातिका सर्प विषालु छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा (ईडीसीडी) र नेपाली सेनासँग भएको तथ्याङ्क तर्साउने खालको छ । सेनाको तथ्याङ्कले भन्छ– २०६० सालदेखि २०८० भदौ १० गतेसम्मको अवधिमा सेनाले मात्र सर्पले टोकेका एक लाख १६ हजार ३ सय ५१ जनाको उपचार गरेको छ । जसमध्ये सबैभन्दा धेरै महोत्तरीमा ३० हजार १२ जना छन् । “नेपाली सेनाले १८ वटा जिल्लामा २३ वटा सर्पदंश उपचार केन्द्रहरु सञ्चालन गरेको छ,”
स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनमा नेपालमा वर्षेनी १५ हजार जनालाई सर्पले टोक्ने उल्लेख छ । यीमध्ये १० प्रतिशतलाई विषालु सर्पले टोक्ने गरेको छ । विषालु सर्पले टोकेकामध्ये १० प्रतिशतको मृत्यु हुने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्क बेग्लै छ । डब्लुएचओका अनुसार नेपालमा वर्षेनी २० हजार मानिसलाई सर्पले टोक्ने गरेको छ । सर्पको टोकाइकै कारण नेपालमा वर्षेनी एक हजार जनाभन्दा बढी मानिसको मृत्यु हुने गर्छ ।
जनचेतना र सजगताको अभावमा ग्रामिण भेगमा मानिसहरुको अनाहकमा ज्यान गईरहेको छ । सर्पले टोकेपछि गर्ने पर्ने उपचार पद्दतिसँगै सर्पदंश उपचार केन्द्रमा जानुपर्छ भन्ने हेक्का रहन जरुरी छ । अझ २० अगाडि त सर्पले टोक्यो भने धामीझाँकीका गएर उपचार गर्ने प्रचलन पनि थियो त्यो बिस्तारै कम हुँदै गएको छ । यद्यपि सचेतना र सजगता अपनाउँदै यसको उपचार समयमै सर्पदंशमा पुग्दा हुँछ भन्ने हेक्का राख्न जरुरी छ ।

Author

You may also like