अपराध देश–समाज समाचार स्थानीय

यामु निरौला हत्यामा संलग्नताको आरोपमा थप एक जना पक्राउ

दमक/ झापा, दमक नगरपालिका वडा न.९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा जोडिएका संखुवासभा स्थायी ठेगाना भई हाल झापाको दमक ३ बस्ने गणेश दर्जी पक्राउ परेका छन् । निरौलाको हत्यामा संलग्न भनिएका दर्जीलाई शनिबार काकड्भिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पत्रकारहरुलाई उपलब्ध गराएको विवरणमा पक्राउ परेकाको सूचीमा यस अघि निरौलालाई अस्पतालसम्म लिएर आएका तर घटनासंग जोडिएका मोरङ,उर्लाबारीका प्रकाश कार्की र ध्रुब गौतम समेत छन् । उनीहरु घटनाको दिननै दमकस्थित आम्दा अस्पतालबाटैं पक्राउ परेका थिए । उनीहरु विरुद्ध समेत कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी छ ।
मृतककी श्रीमती कृष्णमायाले उनीहरुसहित दमक ८ का बुद्धिमान थापा , सोहि वडाका नम चेम्जोङ , दमक ३ का राजु भनिने शेरबहादुर लिम्बू र इटहरीका डेविट घलेलाई समेत किटानी जाहेरी दिए पनि अन्य भने अझै पक्राउ पर्न सकेका छैनन् । घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारी साधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि मावा पुलको बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो ।

Author

You may also like