देश–समाज मुख्य समाचार

हिरासतमा रवि असुरक्षित भएको भन्दै सुरक्षाको माग, दमकमा ¥याली र कोणसभा

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कात्तिक २ गते पक्राउ परेदेखि नै दैनिक रास्वपाका नेता तथा कार्यकर्ताले देशका विभिन्न भागमा आन्दोलन गर्दै आएका छन् ।
लामिछाने पक्राउ परेको १० औं दिन शनिबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरे अनुसार आइतबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।
राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले झापाको दमक, भरतपुरको चौविसकोठी, चितवन, काठमाडौंको माइतीघर मण्डेला र महेन्द्रनगरमा विरोधका कार्यक्रम आयोजना गरेको कोशी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले बताए ।
झापाको दमकमा आयोजित विरोध कार्यक्रममा विभिन्न सरकार विरोधी नारासहितका प्लेकार्ड र ब्यानरसहित ¥याली र नाराजुलुस गरेका थिए । दमकको गोरखा, थानारोड हुँदै हनुमान मन्दिर, नगरपालिका हुँदै फर्निचर लाईनबाट चोकमा निस्केर कोणसभामा परिणत भएको दमक नगर कमिटीका सभापति विवेक पाठकले बताए । उनका अनुसार दमक नगर उपसभापति प्रतिमा दाहाल, शुम्भु ढकाल सुस्केरा, जिल्ला सभापति उमेश खरेल, प्रदेश सदस्य पुष्प ढकाल, प्रदेश सभापति राजेश तिम्सिना, नागरिक समाजका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । कार्यक्रम पाठककै सभापतित्वमा आयोजना गरिएको थियो । उक्त ¥यालीमा जनता अब जाग्दैछन–भ्रष्टहरु भाग्दैछन,
रविको… प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, निर्दोषलाई फसाउने–दोषीजति बचाउने, नागरिक समाज एक हौं–भ्रष्ट तस्कर खेदौ, दूई तिहाईको दम्भले–दुःखपाए जनताले, राजनीतिक प्रतिशोध बन्द गर– बन्द गर, बन्द गर, सत्ताको दुरुपयोग बन्द गर– बन्द गर, बन्द गर, ८७ अर्ब फिर्ता गर– फिर्ता गर, फिर्ता गर, सहकारी पीडित के भन्छ– हाम्रो बचत दे भन्छ, सहकारी पीडितलाई न्याय दे–न्याय दे, न्याय दे जस्ता नाराहरु लगाउँदै त्यही लेखिएका प्लेकार्ड बोकेका थिए । दमकमा भने केही नाराहरु थप भएका थिए । दमकमा ६ दिन अगाडि घटाइएको दूःखद घटनाले विक्षिप्त बनेको नगरमा फरक नारा लगाइएका थिए । देशु भनिने यामु निरौलाको हत्या प्रकरणका अभियुक्तहरुलाई अझै प्रशासनले पक्राउ गर्न नसकेको भन्दै तदारुकताका साथ उनीहरुको खोजी गरी कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन माग गरिएको नारा पनि लगाइएको थियो । अहिलेसम्म सो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
विरोध ¥याली भएका सबैतिर उस्तै प्लेकार्ड र ब्यानर बोकर सरकारले गरेका गलत रवैयाका विरुद्धमा नाराबाजी गरेका थिए । दुई तिहाईको दम्भ बोकेर सरकारले आम नागरिकमाथि खेलवाड गरेको हुँदा सरकारका गलत गतिविधि र क्रियाकलापका विरुद्धमा आन्दोलन गर्नुपरेको बताएका छन् । सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले हिरासतमा राखेको छ ।
हिरासतमा लामिछाने असुरक्षित रहेको भन्दै सुरक्षाको माग
स्वतन्त्र कानुन व्यवसायी मञ्चले हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने असुरक्षित रहेको भन्दै मानवअधिकार आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सो ज्ञापन पत्रमा भनिएको छ– हिरासतमा राखिएको अवस्थामा नेपालको संविधान धारा २० (२) ले प्रत्याभुत गरेको कानुनी व्यवसायी भेटघाट र परामर्श लिन बन्देज लगाएको, लामिछानेलाई २०८१ कात्तिक ८ गते सम्मानित उपस्थित गराई थुनुवा कक्षमा राखिएको तर पक्राउ गरिएको १४४ घण्टाभित्रका ४ घण्टामा ३ वटा प्रश्न मात्रै सोध्ने कार्य गरेको, निरन्तर बयान लिने कार्य नगरी बाँकी समय मानसिक तनाव दिएको, उपस्थित कानुन व्यवसायीले भेटघाट गर्न खोज्दा सम्मानित अदालत प्रहरी परिसरमा हातहतियारसहित दंगा प्रहरीबाट भेटघाटमा रोक लगाइयो ।
सम्मानित इजलाशमा उपस्थित गराएपछि कानुन व्यवसायीलाई भेट गर्न नपाएको भन्ने व्यहोराको निवेदनमा लामिछानेले हस्ताक्षर गरेपछि इजलाशभित्र उपस्थित हतियारधारी प्रहरी अधिकारीले केमा हस्ताक्षर गरेको हो भनि हप्काईदप्काई, दूव्र्यवहार गर्ने कार्य गरेको र इजलासभित्र हतियार बोकेका प्रहरी, प्रवेश गरी हप्काईदप्काई गर्ने कार्य इजलाशभित्र हुन्छ भने प्रहरीले आफ्नो हिरासतमा रहँदा कुन हदसम्मको दूव्र्यवहार गरेको होला स्वतः अनुमान गर्न सकिन्छ ज्ञापनपत्रमा उल्लेख छ । अध्यक्ष अधिवक्ता यज्ञमणी न्यौपानेको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा यो गम्भिर मानव अधिकारको उल्लंघन तथा सम्मानित इजलाशभित्र हतियारधारी प्रवेश गर्नु स्वतन्त्र न्यायपालिकामाथिका हस्तक्षेप र नियन्त्रणजन्य कार्य भएकोले प्रहरी हिरासतमा माननीय रवि लामिछानेलाई जे पनि हुनसक्छ भन्ने अवस्थामा उनको जीवन रक्षा गरी मानव अधिकारको उल्लंघनका यस प्रकारको गम्भिर घटनामा संलग्न गृहप्रशासन तथा प्रहरी अधिकारीमाथि समेत आवश्यक छानविन तथा कारवाहीका लागि जोडदार माग गरिएको छ ।
कास्की प्रहरीको ध्यानाकर्षण
आजै सो सम्बन्धी लामिछानेका वकिलले देखेको र सुनेको कुराहरु बाहिर आएर सामाजिक सञ्जालबाट भनिएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी भएको छ । सो विज्ञप्तिमा हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयक तर्फबाट सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जारी गरेको उक्त विज्ञप्तिमार्फत तथ्यहीन, भ्रामक र झुठा समाचारबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देह प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने भएकोले तथ्यमा आधारित रहेरमात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।
लामिछानेमाथि नेपालको संविधान एवं प्रचलित ऐन कानूनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यता अनशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको जनाइएको छ ।

Author

You may also like