Banner कला साहित्य लेख

-व्यंग्य- मेरा दुःखले आज्र्याको…. !

बाँस्कोटा धनञ्जय

हिजो टेलिभिजनमा एउटा अन्तरवार्ता दिएर घर आइपुग्न पाएको छैन बूढी र छोराको हप्की खानुपर्‍यो !
कारण झिँगाको टाउको जत्रो पनि थिएन । जम्मा मेरो युटुवमा भिडियो हेरेर कमेन्ट गर्नेहरूको कुरा रहेछ । ती काम नपाएकाहरूले मेरो बिरूद्धमा लेखेको कुरा रहेछ ।
लेखून् ! तिनको कामयत्ति त हो नि ! अर्काले गरिखाको आरिस गर्ने । कुंडिने । अनि रोगीभएर मर्ने । मरून्, बालै भएन ! तिनले लेखेको कुराले मेरो एउटा रौं पनि हल्लिदैंन ।
‘तिमेरू बाठा नहोओ ! यो विरासत साना दुखले आज्र्याको हो ? तिमेलर्ाई के थाहा छ ?’ छोराछोरी र बूढीलाई नेपाली भाषामा सम्झाउन थालें । ‘मेरो राजनैतिक करियर तिमेर्ले देख्यौ ? जिन्दगीको यो यात्रा यहाँसम्म आइपुग्दा के के गरियो, सुन्न सक्छौ ? त्यतिकै यो सिर्जना भयो ?
म स्कुल पढ्दा देखिनै जुझारू थिएँ । सरहरूलाई प्रश्न गर्नेदेखि गाली गर्ने जिम्मा मेरो थियो । मलाई मेरो यो राप र ताप देखेर स्कुलमा विद्यार्थी नेता बनाइयो । म राजनीति पनि गर्न थालें । त्यसपछि मेरो जिन्दगीको उकालो यात्रा सुरू भयो । स्कुलबाहिर पनि म दलको कार्यक्रहरूलाई संयोजन गर्थें । सञ्चालन गर्थें । मेरो बोलीमा जादू छ भन्थे साथीहरू । त्यहीभएर साथीहरू मेरो पछि लाग्थे, बुभ्यौ ? तिमेर्ले के बुभ्mछौ ?
स्कुलमा गरिने हरेक गतिबिधिमा म निगरानी राख्थें । स्कुलको भवन बनाउँदा कमसल सामग्री ल्याएको भनेर माल ल्याउने गाडि नै फिर्ता गरिदिएँ । त्यसपछि मलाई सञ्चालक समितिको बैठकले नै मावि तहको पढाइ निशुल्क गर्ने निणर्य गर्‍यो । म सित्तैमा पढ्ने पनि भएँ । पछि क्याम्पस गएँ । त्यहाँ त एकाइ कमिटिको सभापति नै बनें मेरो विद्यार्थी संगठनको । त्यसले मलाई अझ उचाइमा पुर्‍यायो । छात्रबृतिदेखि निर्माण र खरीद प्रकृयामा निगरानी गर्‍यौं हामीले । आवाज उठाइरह्यौं । परिणाम रचनात्मक बन्नपुग्यो । मेरा छात्रबृत्ति त भयो भयो, अरू साथीहरूको पनि छात्रबृति सिफारिस गरिदिँदा एक सालमा निकै मोटो रकम हात पथ्र्यो साथीहरूबाट । क्याम्पसमा हुने हरेक गतिविधिहरू हामी हस्तक्षेपकारी भूमिकामा रहेर आपैंm गथ्र्यौं । हामीले लाइब्रेरीमा किताब आपैंm खरीद गरायौं । क्याम्पसलाई दिएनौं । ल्यावमा सामान आपैंm मगायौं । विद्यार्थीले लगाउने टी सर्टहरू आपैmं मगायौं । सरस्वतीपूजाको आपैंm आयोजना गर्‍यौं । खेलकुदको आयोजना आपैंm गर्‍यौं र सात दिनसंम खेल हेर्न आउने दलका मान्छेहरूलाई क्यान्टिनमा खाजा, चीया र भात खुवायौं । यी सब काम गरिसकेपछि बिल पेश गथ्र्यौं र क्याम्पसले तिथ्र्यौ । त्यसले एक बर्ष घुमफिर गर्ने पैसा पुग्थ्यो । त्यति मात्र होइन, प्राध्यापक कर्मचारी नियुक्ति गर्दा हाम्रो सिफारिस मान्नु पथ्र्यो प्रशासनले । यसरी प्राध्यापक र कर्मचारीमा पनि हाम्रो बाहुल्यता बनायौं ।
हामीलाई चन्दा नदिने, हामीलाई सहयोग नगर्ने र हाम्रो पार्टीको खिलापमा जाने सरहरूको कक्षा बहिस्कार गर्ने र गराउने काम गर्‍यौं । तिनले बाहिर लेखेका र बोलेका कुरालाई इस्यु बनाएर तिनका बिरूद्धमा विज्ञप्ति नै टाँस्थ्यौं । हाम्रा सरहरूको पढाइ खत्तम हुँदापनि साथीहरूलाई सम्झाएर कक्षा बहिस्कार गर्न दिएनौं । हाम्रा मागहरूको सुनुवाइ नगर्ने अर्को पार्टीको क्याम्पस प्रमूखले अन्टासन्टा कुरा गर्दा क्याम्पस प्रमूखको कुर्सी कयौं पटक जलाउने कामगर्‍यौं । भ्mयालका सिसा फुटायौं ।
त्यही बेलालोकतन्त्रको आन्दोलन चल्यो । दिनैपिच्छे सडकमा निस्किएर कविता र भाषणले दर्शकहरूलाई जुरूक्क उचाल्ने काम गथ्र्यौं । कयौं पटक गिरप्mतार भएर हिरासतमा बसियो । हाम्रा नेता आएर छोडाएर लैजान्थे । सडक राजनीति त कतिचल्यो चल्यो ! जे गर्दा नि सडकमा ! हाम्रा नेता भ्रष्टाचार र अपराधको केसमा जेल पर्दा पनि हामी सडकमा आयौं र करायौं, ‘निर्दोस मान्छेलाई फसाउन पाईंदैन, पाईदैन !’
टायर बाल्ने प्रतियोगिता गर्‍यौं । अरू दलका युवाभन्दा हामी अब्बल थियौं । यो महान परिवर्तनकालागि जे पनि गर्‍यौं हामीले । पढाउँदै गरेको शिक्षकलाई रूखमा पनि झुण्ड्याँयौं । राज्यका भौतिक संरचना जलाएर खाग बनायौं । संधैजसो आन्दोलनमा हुन्थ्यौं हामी । त्यसबेला हामीले सडक छेउका मान्छेका घरका सिसा फुटाउँथ्यौं । आन्दोलन गर्दा रेलिङ्ग भाँच्थ्यौं । पुलिसले खोज्यो भने भूमिगत हुन्थ्यौं । चन्दा असुल्नेमा हामी अब्बल थियौं । जब पार्टीलाई पैसा चाहिन्थ्यो, हामी रसिद थमाउँथ्यौं । कसैले नाई भन्ने हिम्मत राख्दैनथे ।
हामी मान्छेका घरमा गएर भात खाइदिन्थ्यौं । दिएनन् भनें धम्क्याउँथ्यौं । कतिलाई त कुट्थ्यौं । मार्ने काम पनि कुनै ठूलो थिएन । केही समय जेल बस्यो, संविधानले हामीलाई छुटाइहाल्थ्यो । संविधान दिवसका दिन आम माफी पाएर छुट्थ्यौं । खाएको, लाएको, हिंडेको, बसेको केहीको पनि गोजीबाट निकालेर तिर्नु पर्दैनथ्यो । ठेकदार र धन्दा व्यापारीहरूले बबाल खर्च गर्थे । तिनैले देश बिदेश घुमाउँथे । आपूmले एक पैसा व्यहोर्नु पर्दैनथ्यो ।
हामी के के गथ्र्यौं, कुरै नगरौं । फिरौती माग्ने, मान्छे अपहरण गर्ने, जागीर — सरूवा बढुवाको सेटिङ्ग मिलाइदिने, संबैधानिक अंगहरूमा नियुक्ति लिन चाहनेहरूको सूचि बनाएर तिनीहरूसंग डिल गर्ने, क्वीन्टलका क्वीन्टल सुन विमानस्थलबाट पास गराउने जालो तयार गर्ने, चुनावमा भोट किन्नेदेखि भिड्ने दस्ता तयार गर्ने काम गथ्र्यौं । कहिलेकाँहीं बाइ मिस्टेक जेल जानु पथ्र्यो । तर अदालतले तुरून्त सफाइ दिन्थ्यो । किनभने तिनीहरू पनि हाम्रै सिफरिसमा आएका हुन्थे ।
मेरो करिअर माथिमाथि जाँदै थियो । यसैबीच हाम्रो बिहे भयो । गत अधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पनि भएँ । अस्तिको चुनावमा सभासद पनि भएँ । जति प्रधानमन्त्री फेरिए, त्यति नै पटक मन्त्री पनि भएँ । पाँच पटक भएछ । अहिले पनि लिस्ट बन्दै छ । त्यसमा मेरो नाम एक नम्बरमा छ । आजिवनमन्त्री हुन्छस् भनेका छन् ज्योतिषले । गठबन्धन गरेर मन्त्री खाएको खाएकै छैन मैले ?राज्यसंयन्त्र कब्जा गरेर हाम्रा कुनै पनि कामहरूलाई राज्यको कुनै निकायले टाङ्ग अडाको छ ? त्यो राज्यसंयन्त्रले हामीलाई सत्ताकब्जा गर्न सहयोग पुर्‍याएको गुन देख्नु पर्दैन ?
जेथो कति जोडें, थाहा छ ? हात्तीछाप चप्पल लगाएर स्कुल जाने केटो म ! पहाडमा मकैको भात पनि अघाउँजी खान नपुग्ने बाबुको छोरो म ! आज यो आलिसान महल, यो गाडी, तिमेर्का गहना, बैंकका ती लगानी, भीटा कहाँबाट आयो ? तेरा भाइ र बहिनी अमेरिका कसरी पुगे ? यही मेरो अशलकर्म र मेरो मिहेनतको फल होइन ? यही महान परिवर्तनको परिणाम होइन ? यो महान क्रान्तिको फल होइन ? यही महान संविधानको प्रतिफल होइन ? अहिले यी उफ्रिएर हुन्छ ?…..’
‘भयो हजुर, भयो ! हजुर महान हुनुहुन्छ । त्यसैले लाज पनि डराउँछ र भाग्छ हजुदेखि । तर हामीदेखि त लाज भाग्दैन । पिछा गरिरहन्छ, के गर्नु ? कतै मुख देखाइसक्नु छैन । सामाजिक सञ्जाल त खोल्न डर लाग्छ । बरू गरिव भएर बस्नै आनन्द हुन्थ्यो !…उख् !’ श्रीमतीको गुनासो कायमै थियो ।
‘त्यो लाज र डरलाई मेराँ पठाइदेओ न ! आपैm भाग्छन् !’ यतिभनेर म पार्टी कार्यालयतिर लागें । झारपातले पनि हैरान लगाए ! यी सबै सामाजिक सञ्जालमाथि अब प्रतिबन्ध लाउनु पर्छ । मेरो अबको बैठकको एजेण्डा यही हुनेछ !

You may also like