पछिल्लो समयमा तरकारीजन्य सामग्रीमा समेत विषादीको प्रयोग बढ्दो छ । कृषि उत्पादनमा विषादीको प्रयोग बढी भएकोले अर्गानिक खेतिसहित विषादीरहित मल उत्पादनमा जोड दिइएको भए पनि अझै त्यसको चेत सबै कृषकसामु पुगिसकेको छैन । यहि कारणले पनि अभिमुखीकरण अभियानकै क्रममा स्थानीय सरकारहरुले बेला बेला विषादी परिक्षणको लागि पठाउने र स्थानीयबासी तथा व्यवसायीलाई सजग र सर्तक गराउँदै उनीहरुको स्वास्थ्यप्रतिको चासो र चिन्ता व्यक्त गरिरहेका हुन्छन । यहि क्रम दमक नगरपालिकामा चलिरहेको छ । अघिल्लो पटक तीन हप्ता अघि विभिन्न स्थानमा राखिएका तरकारीहरुको विषादी परिक्षण गरेको दमक नगरपालिकाले गतहप्ता फेरी तरकारी, फलफुल बजारसहित कृषकले उत्पादन गर्ने स्थानसम्म पुगेर विषादी प्रयोग भए नभएको चेकजाँच गरेको छ । सो क्रममा अघिल्लो पटकको भन्दा अत्यन्तै राम्रो रिपोर्ट यो पटक आएको र खान हुने तरकारी नै दमक बजारमा रहेको उपमेयर रेगिना भट्टराई प्रसाईले बताएकी छन् ।
तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेको, स्वास्थ्य मानिसमा खानाकै कारणबाट कुनै पनि जटिल प्रकारको रोग नलागोस भनेर दमक नगरपालिका दत्तचित्त भएर दमकबासीको स्वास्थ्यको चिन्ता र चासोमा रहेको उपप्रमुख भट्टराइको कथन छ । बिभिन्न १९ प्रकारका तरकारी तथा फलफूलको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट १० प्रशितशत भन्दा कम आएकोले खान योग्य रहेको बताइएको छ ।
तरकारी, फलफूल तथा अन्य बाहिरि खाद्यन्नका कारण मानीसहरुमा बिभिन्न जटिल प्रकृतीका रोगहरु लाग्ने गरेको छ। यसबाट बच्न उपभोक्ता सचेतना नै हो ।
विगत वर्षभन्दा तरकारीको उत्पादन धेरै बढेको छ । एक तथ्यांक अनुसार नेपालमा हाल करिब तीन लाख हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको छ । जहाँबाट करिब ४१ लाख मेटिूक टन ताजा तरकारी उत्पादन भइरहेको छ । तरकारीको व्यावसायिक खेतीबाट धेरैले रोजगारी पनि पाएका छन् । त, सरकारले रसायनिक मल तथा गुणस्तरीय र उन्नत बीऊबिजन समयमै उपलब्ध नगराएका कारण अपेक्षित लाभ लिन भने सकिएको छैन । अनि पनि केही कृषि उपज आलु, ब्याज, लसुन बाहेकका ताजा तरिकारीमा नेपाल पछिल्लो समय आत्मनिर्भरतातर्फ उन्मुख भएको छ । तरकारीको खेती बिस्तार, उत्पादन वृद्धि र आर्थिक उपार्जनमा समेत सहयोगी बनेको यसको खेतीमा प्रयोग गरिने विषादीको प्रयोगमा देखिएको असंवेदनशीलता र लापरवाहीले यही तरकारी हाम्रो देशमै असामयिक मृत्युको कारण बनिन थालेको छ ।
खेतीमा लाग्ने अनेक प्रकारका रोग र किरालाई मार्न प्रयोग गरिने विषादीको अति प्रयोगले नेपालमा क्यान्सर जस्तो असाध्य रोगीको संख्या बढ्दै गएको छ । रोग तथा किरा नियन्त्रणका लागि प्रयोग गरिने रसायनिक विषादीको असर कम गर्न जैविक विषादीको प्रयोग नगर्दा असाध्य रोगको जोखिम बढेको स्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हुन त नेपालको माटोमा जैविक मल त्यति सहायक देखिँदैन । किसानहरु माटोले नै रसायनिक विषादी खोज्ने बताउँछन् । त्यसैले कुनै एग्रोभेटबाट खरिद गरेको विषादी प्राविधिकको रेखदेख र सहयोग बिना जथाभावी प्रयोग गर्ने गरिन्छ । विषादीको मात्रा नमिल्दा त्यसको असर उपभोक्ताको स्वास्थ्यमा पर्छ । यहाँसम्म कि किसान आफू(आफूले उत्पादन गरेको तरकारी आफू खाँदैनन् । यसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको प्रति सम्बन्धित निकाय र स्वयं उपभोक्ता सचेत र सतर्क रहन आवश्यक छ ।

Author

You may also like