देश–समाज समाचार स्थानीय

पशुहाटका पसलकवलको चावी व्यवसायीलाई हस्तान्तरण

दमक । दमक नगरपालिका–७ स्थित पशुहाट बजारको पसलकवल सम्बन्धित व्यवसायीलाई हस्तान्तरण गरेको छ । आइतबार वडा नं. ७ को कार्यालयमा आयोजित कार्यक्रममा पशुहाट बजारको उत्तर, पूर्व र दक्षिण सिमानामा सार्वजनिक नीजी साझेदारी अवधारणामा आधारित पसलकवलको साँचो चिठ्ठा प्रणालीबाट हस्तान्तरण गरेको हो । दमक नगरउपप्रमुख रेगिना भट्टराई प्रसाईको अध्यक्षतामा तथा नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमबाट ५१ वटा सटरमध्ये २३ जनालाई चावी हस्तान्तरण गरिएको वडा नं. ७ का वडाअध्यक्ष भीम प्र्रसाद पौडेलले बताए । पौडेलका अनुसार उनीहरुले नगरपालिकामा अग्रिम धरौटी रकम जम्मा गरिसकेका छन् । उनीहरुलाई साउनदेखिको भाडा लाग्ने गरी उक्त सटरको चावी हस्तान्तरण गरिएको छ । साउनसम्म आ–आफ्नो पसलमा आफ्नै खर्चमा चाहेको अनुसारको डोकोरेशन गर्न समय दिइएको पनि वडाअध्यक्ष पौडेलले बताए । त्यसपछि भाडा लिँदा उनीहरुको धरौटी रकम समेत कट्टा हुँदै जाने गरी भाडादर कायम गरिएको छ ।
नगरपालिकाका कर्मचारी, व्यवसायी तथा मिडियाकर्मी उपस्थित रहेको कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले नगरपालिका र व्यवसायी करिब ७ करोडको लगानीमा सम्पन्न सम्बन्धित व्यवसायीलाई पसलकवल हस्तान्तरण गरिएको बताए । उनले व्यवसायीको साथमा नगरपालिका सदैव रहेको र साथ, सहयोग, प्रवद्र्धन, संरक्षणसहित अन्य आवश्यक कुराहरुमा कुनै कमकमजोरी नहुने विश्वास दिलाए । उक्त स्थानमा व्यवसाय गर्न चावी लिएका व्यवसायीलाई सफलताको शुभकामना दिँदै ति व्यवसायीहरु अन्य क्षेत्रका लागि समेत उदाहरणीय बन्ने गरी व्यवसाय अगाडि बढाउन आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै उपप्रमुख भट्टराई प्रसाईले सुरुदेखि अहिलेसम्म आइपुग्दा व्यवसायी र नगरपालिकाको तर्फबाट ठूलो मेहनत, छलफल, परामर्श गर्दै आएको स्मरण गराउँदै निष्पक्ष र न्यायिक ढंगबाट लट्री सिष्टमबाट चावी हस्तान्तरण गर्न सफल भएको बताईन । आर्थिक शिथिलता कोभिडदेखि रहेको भएता पनि व्यवसाय प्रवद्र्धनका निमित्त केही न केही नयाँ कार्यक्रम जोड्न सकियो भने त्यसले सकारात्मक संकेत दिन्छ भन्ने उदाहरण साँझको बजार भईरहेको बताएकी छन् । उनले साँझको बजारमा जुन खालको आकर्षण देखिएको छ सोही प्रकारले कुनै न कुनै रुपमा व्यवसायलाई अगाडि लैजान सकियो भने त्यसले दिर्घकालिन रुपमा व्यवसायीको हितमा काम गर्छ भन्ने लागेको पनि बताईन । तसर्थ हुँदैन होला भन्ने नसोच्न र हुन्छ गर्नुपर्छ भन्नेतर्फ अगाडि बढ्न आग्रह पनि गरिन । साँचो हात दिएर मात्र हाम्रो जिम्मेवारी नसकिने र यहाँको साथमा सँधै नगरपालिका रहेको पनि उनले उल्लेख गरिन् ।

Author

You may also like