समाचार

५१ लाखमा सडक निर्माण शुरु

दमक/ १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मतकुमार कार्कीले शिलान्यास गरेसँगै कमल गाउँपालिका वडा नं. ३ को साम्राको मिल हँुदै बोहोरा टोल, बगाने टोल, सिसा बाँध हुँदै क्याम्पा जोड्ने सडक निर्माण सुरु भएको छ ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत निर्माण हुन लागेको सडकको जिम्मा बिर्तामोड स्थित झापाली इन्टरनेसनल इन्जिनियरिङ एन्ड विल्डर प्रा.लि.ले पाएको छ । निर्माण कम्पनीले भ्याट बाहेक ५१ लाख ४८ हजार ७ सय ५० रूपैयाँमा ठेक्का पाएको हो । निर्माणाधीन कालोपत्रे सडकको लम्बाई १ हजार १ सय मिटर रहने छ भने चौडाइ ५ मिटर रहने छ । २०७६ साल मङ्सिर २३ गते सम्झौता भएको सडक २०७६ चैत १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने कमल गाउँपालिकाका इन्जिनियर सुनिल थापाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा मन्त्री कार्कीले ठेकेदारले काम गरेवापतको रकम भुक्तानी गर्न प्रदेश सरकारसँग प्रसस्त बजेट भएको समेत बताए । उनले आफूसँग प्रशस्त बजेट भएकोले ठेकेदार कम्पनीलाई आफूले निर्माणका लागि जिम्मा लिएको काम समयमा सम्पन्न गर्न निर्देशन दिए । कतिपय सडक मापदण्ड नपुगेका कारण गाउँपालिकाले बजेट छुट्याउन सकेको छैन । त्यस्ता सडकलाई उपभोक्ता आफैँले मापदण्ड पु¥याउन कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सुझाव दिइन् । आफ्नै घरअगाडि निर्माण हुन लागेको सडकको सबैभन्दा ठुला अनुगमनकर्ता उपभोक्ता आफैँ भएकोले निर्माणधीन सडको राम्रोसँग हेरविचार गर्नसमेत अध्यक्ष काफ्ले उपभोक्तालाई आग्रह गरिन् ।

You may also like