आज बीपी कोइरालाको राजनैतिक दर्शनले स्पेस पाउने सम्भावना बढदै गएको छ । उनी गैर कम्युनिष्टहरु सबैका साझा आदर्शका नेता बन्ने समय उदाउँदे गरेको म देखिरहेको छु । उनको जन्मजयन्तीमा मैले पनि अक्षरको कञ्जुस्र्याई गर्नुहुन्न भन्ने लागेर यो अनुसन्धानमूलक, लामो, झर्को लाग्दो लेख लेख्नु नैतिक दायित्व ठानें र पस्किएँ ।
उनको बारेमा खोज अनुसन्धान गर्ने क्रम अहिले तिब्र भएको छ, किनभने उनको राजनैतिक र साहित्यिक जीवनलाई हेर्दा त्यो उत्तरवर्ती जीवन देखिन्छ जसको कुनै आकार छैन, सिमा छैन, किनारा छैन र कुनै एउटा सिधा रेखा छैन । त्यो नागबेली परेको खोलो जस्तो छ । अनन्त नदेखिने । अनि क्षितिजको डाँडा जस्तो छ जति माथि गएर हेर्न खोज्दा पनि पर देखिने । अर्थात आकारविहिन छ । अनन्त छ । आज यही आकारविहिनता र अनन्तताको केही पाटाहरु प्रस्तुत छन् ।
ब्यक्तिको समग्र आयामहरुको अभिब्यक्त गर्नसक्ने पद्धती प्रजातन्त्र हो । जनतालाई, जनताको भावनालाई निषेध गरेर कुनैपनि ब्यावस्था राष्ट्रवादी र मानवतावादी बन्न सक्दैन । तर कम्युनिष्टहरु यसैलाई मानवतावादी वा राष्ट्रवादी भन्छन् । मानव जीवन शूत्रात्मक हुँदैन, यो प्रपञ्चहरुको श्रङ्खला हो । यिनै मानवीय विविधताको रंगीन पाटो प्रजातन्त्र हो । प्रजातन्त्रको सिद्धान्तमा होइन, अभ्यासमा नै उनको जोड थियो । विचारमा विविधता र बैचारिक अनेकतामा उनको विश्वास थियो । महाधिवेशनमा आँपूm बिरुद्ध पार्टीको केन्द्रिय सभापतिमा भोजपुरका डा. भूदेव राईलाई लडन उनैले उक्साएक थिए । उनलाई प्रतिशपर्धी कार्यकर्ता चाहिएको थियो, भजनमण्डली होइन । आज कांग्रेस नेतृत्वमा कोही प्रतियोगी भए भने तिनको निन्द्रा हर्छ र प्रतिश्पर्धा गर्न चाहनेहरुलाई दुश्मनको नजरले हेरिन्छ । उनले कयौं पटक भनेका थिए, ‘राष्ट्रिय संकट परेको बेलामा देशलाई एउटा प्रजातान्त्रिक पार्टीले मात्र जोगाउन सक्छ । बामपन्थीहरुबाट संभव छैन ।’ र यो सही सावित गराएको छ इतिहासले । उनले भन्थे, प्रजातन्त्र नभएपछि कम्युनिष्टहरुको भूमिका बढछ ।
राष्ट्रियता र प्रजातन्त्रका लागि जुनसुकै त्याग गर्न पछि हटनु हुँदेन भन्थे बीपी । २००८ साल जेठमा चिनसंगको दैत्य संबन्ध स्थापनाको लागि बीपीबाट तयार पारेको दस्ताबेज थियो जुन सर्ब स्वीकार्य थियो । २०१६ सालमा चिनले ‘सगरमाथा र महालंगुर क्षेत्र चिनको क्षेत्र हो’ भन्दा बीपीले प्रतिबाद गरेका थिए । भारतले आप्mनो ‘उत्तरी सिमाना हिमालय पर्वतमाला हो र यसको रक्षा गर्नु हाम्रोकर्तब्य हो’ भन्दा बीपले भारतीय प्रधानमन्त्रीलाई उक्त कुराको माफी माग्न लगाएका थिए । उनले राष्ट्रियतालाई कांग्रेसको गन्तब्यसंग त्रिकोणत्मक रुपमा यसरी जोडे :
राष्ट्रको गन्तव्य
राष्ट्रियता
प्रजातन्त्र समाजवाद

त्यति मात्र होइन, बीपी प्रवासमा हुँदा सुरुमा भारतीय स्वतन्त्रता आन्दोलनमा होमिए । सबै भारतीय नेताहरुसंग बीपीको घनिष्ट संबन्ध रह्यो । उनी त्यहाँ कयौंपटक जेल परे । नेहरुले एकपटक भनेका थिए, ‘भारतमा म पछिको प्रधानमन्त्री हुने ब्यक्ति एकजना छन् तर ती भारतीय होइनन् ।’ यो संकेत बीपीतिरको थियो । तिनकै सहयोगले नेपालमा राणाहरुको निरंकुस शासनको अन्त्य पनि भयो । तर जव राष्ट्रियताको कुरा आयो, बीपीको संबन्ध सबैसंग बिग्रियो । नेहरुले उनलाई दिनसम्म दुःख दिए । २०१५ सालमा जननिर्वाचित प्रधानमन्त्रीका हैसियतले बीपीले भारत र चिनको भ्रमण गर्नु पर्ने थियो । नेहरुले बीपीलाई कयौंपटक दवाव दिए कि बीपीले आप्mनो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्नुपर्छ, चीनबाट होइन । यो हस्तक्षेप बीपीलाई मन परेन र उनले नेहरुको त्यो प्रस्ताव अस्वीकार गरे । किनभने सार्वभौम मुलूकको प्रधानमन्त्रीलाई कहाँ–कहाँ जाने र कस–कसलाई कतिबेला भेट्ने भन्ने कुराको स्वतन्त्रता हुन्छ । यही कारण एउटा बन्यो सत्रसाल भित्रिने । राजा महेन्द्रलाई पञ्चायत भित्र्याउन पे्ररित गर्ने मान्छे नेहरु नै थिए । पछि बीपी पुःन प्रवासिनु प¥यो उही भारतमा । नेहरुपछि उनकी छोरी इन्दिरा गान्धी प्रधानमन्त्री भइन् भारतको । तिनले त झनै उत्पात मच्चाइन् । उनले एकपटक बीपीसंग एउटा प्रस्ताव राखिन्, ‘तिमी तिम्रो वैदेशिक र सुरक्षा नीति हामीलाई सुम्प, म तिमीलाई प्रधानमन्त्री बनाईदिन्छु ।’ बीपीले यो नीच प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । त्यसको परिणाम के भयो भने इन्दिरा गांधीले बीपीको डेरामै छापा मार्न लगाइन् । उनलाई भारत अब असुरक्षित स्थान रहन गयो । बीपीले कयौं पटक ‘भारतीयहरु ढोंगी हुन्छन्, यिनको सजिलै विश्वास नगर्नु’ भनेका थिए । यो सावित हुँदै गएको छ । अनि बीपीले के निर्णय गरे भने अब रानी (इन्दिरा गांधी)संग भन्दा राजा (नेपालका राजा) संग सहकार्य गर्नु ठीक छ भनेर राष्ट्रिय मेमिलापको नीति लिएर २०३३ साल पुस १६ मा स्वदेश फर्किए ।
रोगले च्याप्दा पनि मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । सिक्किमको भारतमा विलय तथा पश्चिमाहरुको बढ्दो प्रभावको कारणले नेपालको राष्ट्रियतामा आँच आएको महसुस गरी आप्mना विरुद्ध सात–सात वटा मुद्दाहरु परिरहेको अवस्थामा पनि राजासंगै घाँटी जोड्न जोखिम मोलेर उनी नेपाल आए । ‘जसले हदैसम्मको दुःख दिएको छ, त्यहीसंग घाँटी जोडने’ भनेर उनको आलोचना पनि भयो । तर बीपीलाई के विश्वास थियो भने नेपालका राजा विश्वका अन्य राजाहरुभन्दा भिन्न छन् किनभने यिनले मात्र हो आप्mनो बल र खूनले यो बिशाल नेपालको निर्माण गरेको । विश्वमा यस्तो कहीं पनि भएन । त्यसैले राजालाई देशको माया बढि हुनुपर्छ भनेर उसैसंग राष्ट्रियताका लागि घाँटी जोड्ने निधो गरेका हुन् । फेरी कम्युनिष्ट भनेका स्टेटलेसनेस (राज्यविहिनता) को मन्त्र पढेर त्यसैमा दीक्षित भएका हुनाले तिनले राज्य जोगाउँलान भन्ने पनि बीपीलाई लागेन ।
राष्ट्रियताको सवालमा कम्युनिष्ट भन्दा राजा कम खतरा भएकोले राजासंग सहकार्य गर्नु त्यस बेलाको आवश्यकता थियो । प्रजातन्त्र राजाले माने भने समाजवादको बारेमा राजालाई विस्तारै कन्भिन्स गरौंला भन्ने बीपीको विचार थियो । प्रजातन्त्र र राष्ट्रियताका लागि राजा भन्दा कम्युनिष्ट बढी खतरा हुन्छ भन्ने निश्कर्ष थियो उनको । तर दरवारले बीपीलाई बुझेन । दरवारसंग मेरो घाँटी जोडिएको छ भन्दा दरवारले त्यसलाई मजाक संभ्mयोे । बीपीले भनेका पनि थिए राजालाई, ‘देशै नभए राजा तिमी कहाँ जान्छौ ? मत हलो जोत्न जान्छु । मेरो त के जान्छ र ? तिम्रो र सबैथोक जान्छ, राजसंस्थै जान्छ ?’ फेरी पनि यो कुरा राजाले बुझेनन् । ‘राजालाई पनि देश चाहिन्छ, प्रजातन्त्रवादीलाई पनि देश चाहिन्छ, हामी दुबैलाई देश चाहिन्छ ।’

Author

You may also like