नेपाली राजनीतिलाई जति बिम्बले पुकारे पनि कमी नै हुन्छ । यस्तै एउटा बिम्बबाट आजको यो बसाइको उठान गर्दैछु ।
यो एउटा गाउँमा घटेका कथा हो । एउटा मान्छे बिहे पश्चात घरज्वाईं बस्न थाल्यो । त्यो बाध्यता पनि थियो किनभने उसले जम्मा एक सन्तान भएको परविारकी छोरी बिहे गरेको थियो । उसलाई समाजको लैंगिक सोच, मान्यता र व्यहारले गर्दा निकै असहज महसुस भइरहको थियो । त्यसमा पनि श्रीमती र सासूको गनगन निकै थियो । कामको पेलाइ पनि थियो । उसले हीनता भावना बोकर हिंडिरहको थियो । त्यो सहन गर्न गाहृो भइरहेको थियो ।
उसलाई रीस उठ्ने कुरा त छदैथियो, त्यो रीसलाई कसरी अभिव्यक्त गर्ने भन्ने अर्को चूनौती थियो । तर केही पनि गर्न नसकेको अवस्थामा थियो ऊ । घरको कुरा समाजमा थाहा हुनु पनि भएन, समाजको कुरा घरमा थाहा हुनु पनि भएन ।
मुर्मुरियो बेस्सरी । उसंग घरमा प्रत्यक्ष रुपमा प्रतिकार गर्ने सार्मथ्य पनि थिएन ।
रीस सखाल्ने कतै ठाउँ भएन ।
अंतिममा एउटा उपाय निस्कियो ।
मादल ।
मादल हुन्छ रीस फाल्ने ठाउँ हुनेभयो उसलाई ।
त्यसपछि उसले मादलको एकातिर श्रीमतीको र अर्कोतिर सासूको फोटो टाँस्यो र बेस्सरी बजाउन थाल्यो ।
घरमा मादल बजाउँदै यसो भन्थ्यो, ‘मेरा प्यारा मान्छेहरुलाई म एकछिन पनि छोडन सक्दिनँ । यो मादलमा तिमीहरुलाई टाँसेको होइन क्या, तिमीहरुलाई त मन र मुटुमा टाँसेको हो नि त !’
अनि सासू र श्रीमती मुस्कुराउँथे । त्यसले गर्दा उसलाई मायाँ गर्न थाल्थे । जब मादल बजाउन छाड्यो, उनीहरुको उही रुखो व्यवहार सुरु हुन्थ्यो । त्यही भएर अलिकति समय निस्किने बिक्तिकै त्यही मादल ठोक्न थाल्थ्यो ।
अनि ऊ मादल लिएर बाहिर गाउँमा पनि निस्किन्थ्यो । चौतारामा बसेर बजाउँथ्यो । त्यो मीठो तर चर्को धून सुनेर मान्छेहरु आउँथे ।
‘यी दुइटा फोटा चाहिं किन टाँसेको दुइतिर ? बरु आप्mनै टाँस्नु नि ।’ मानिसहरु उसलाई प्रश्न गर्थे ।
‘आपैंmले आपैmलाई ठटाउनु र मूर्खहरु हो ?’
उसको उत्तर सुनेर यो उत्तरको गाम्भीर्यता नबुझी सबै गलल हाँस्थे । यो जोक जस्तो लाग्थ्यो तिनीहरुलाई ।
अनि झन् चर्को हिर्काएर मादल नै फुटाउला जस्तो गरेर हान्न थाल्थ्यो ।
अहिले म यिनै फोटा टाँसेका मादल बजाउनेहरुको भीड देख्छु जताततै ।
फोटा टाँसेका मादल बनाउने मादलबाजहरु दल बनेका छन् । तिनले जनताका फोटा टाँसेका छन् मादलमा । अनि निस्किन्छन् तिनै मादल लिएर । दिनभरी बजाउँछन् मञ्चबाट । उपस्थित तिनै जनताले गडगडाहट ताली बजाउँछन् । आइ लभ यू पनि भन्छन् । साइसाइसुइसुइ पनि गर्छन् । मादलका फोटा हेरेर मख्ख पर्छन् । ‘हामीलाई कति धेरै मायाँ गरेको यिनले’ पनि भन्छन् ।
मानौं यिनलाई जनताको औधी प्रेम छ । यो माटोको अगाध स्नेह छ । जनताको दुख र सुखमा साथ दिन मन छ । मानौं जनताका फोटा मादलमा होइन, मनमा टाँसेका छन् यिनले । जनतालाई त्यो आप्mनो फोटो मादलमा टाँसेको देख्न पाए पुग्छ । अनि त्यही फोटालाई दैनिक हिर्काएर ट्याउँ ट्याउँ आवाज निकाल्ने बानी छ दलहरुलाई । नेताहरुलाई । तर आवाज बुभ्नु जरुरी छैन । फोटै काफी छ ।
तर यी फोटा टाँसिएका जनताहरुले बुझेका छैनन् । जनताले माग राखेर दिक्क लगाउँछन्, आन्दोलन गरेर हैरान गर्छन् । जागीर माग्छन् । काम माग्छन् । हिस्सा खोज्छन राज्यमा । बढुवा माग्छन् । सरुवा माग्छन् । व्यापारको सेटिङ्ग मिलाइ माग्छन् । ठेक्का पारिमाग्छन् । राजनैतिक र आर्थिक हैसियत भएका पद माग्छन् । छोराछोरीलाई प्रवेश परीक्षामा पास गराइ माग्छन् । तिनका मान्छे अपराध गरेर पुलिसले पक्रिँदा तिनैलाई छुटाइमाग्छन् । तिनका आफन्तलाई छात्रबृत्ति माग्छन् । बस्तु नै नपाली पशुपालनको अनुदान मिलाइदिन भन्छन् । कुनै निर्माण कार्य गर्न उपभोक्ता समिति बनाइ माग्छन् । शिक्षण संस्थाको सञ्चालक समितिमा बस्न ‘सेटिङ्ग’ मिलाई माग्छन् । राजश्व कार्यालयले कर अशुली गर्न भन्छ, तर तिनैको ‘कर छुट’ गरिमाग्छन् । घर अगाडि एक जग पानी हालेर बाटोको धूलो हटाउँदैनन्, तर भेट्दैपिच्छे ‘धूलोले हैरान पारिसक्यो । यो बाटो कहिले बन्छ ? यही मात्र किन बन्दैन ? अरुतिर त बनिसके सबै बाटाहरु ।’ राज्यले सडक बत्तीको बील आपैंm मिलाएको छ, एउटा नाथे बल्ब ल्याएर लाउँदैनन्, बरु भेट्दैपिच्छे ‘हामी चाहिं अँध्यारोमै बस्नु? बिजुलीका बल किन हामीले नपाएको ?’ भनेर प्रश्नको फोहरा फाल्छन् ।
अनि तिनका अनगिन्ती ‘ल्याङ्गल्याङ्ग’ पनि सुन्नु, काम पनि गरिदिनु । अनि अलिकति केही ‘कमाइ’ गर्न खोज्यो भने दुनियाँ ‘पत्रुकार’ भेला गराएर उल्टै ‘भ्रष्ट’ को पगरी लगाइदिन तम्सिन्छन् ती ।
अनि केही कमाउन पनि नहुने, काम मात्रै गरिरहनु पर्ने । दिइरहनु पर्ने । लिन केही पनि नपाइने । अनि यो पदमा पुग्नका लागि लागेको त्यो ‘चूनाव खर्च’ चाहिं कसले उठाइदिन्छ ?
खर्च गरेर चूनाव जित, सबै दिने काम मात्रै गर, लिन केही पनि पाउँदैनस भन्ने यी ‘अपराधी’ केही त गर्न मिल्दैन । न त यिनका अगाडि रिसाउन मिल्छ । न त कुनै कुरा नाईँ भन्न मिल्छ । न त कुनै कुरा कमाउन मिल्छ । न त कुनै खान मिल्छ । लिन चाहिं केही नमिल्ने, लिन मात्र मिल्ने पीडाको गीता बोकेर हिंड्ने हाम्रा नेता र दलहरुले मादलमा ती जनताका फोटा हालेर बेस्सरी चुटेर रीस मार्नुको अर्को बिकल्प पनि त रहेन नि त ! घोडाले दूबोसंग दुश्मनी गर्न सक्दैन । नेताले जनतासंग । रिसले फाँक भएर पनि तिनकै फोटा उराल्नु छ जीवनभर । तिनैलाई प्रेम गरेको देखाउनु छ र भन्नु छ, ‘जनता भनेका देवता हुन् । जनार्धन हुन् । हामी यो देशलाई संबद्धितिर लगेर सबै जनताको मुहारमा हाँसो ल्याउँछौं ।’
साँच्चि, अहिले हाँसै ल्याएका छन् ?
अहिले यी प्रत्येक नेताले बोकेका मादलमा दुवैतिर ३ करोड जनताका फोटा छन् । सभामा उनीहरु ती मादलका फोटा देखाउँदै भन्छन्, ‘उहाँहरुलाई मादलमा मात्र होइन, मनमा राखेर सजाएका छौं ।’
अनि जब उनीहरु थ्कित भएर घरमा पुग्छन्, श्रीमतिले श्रीमानलाई, श्रीमानले श्रीमतीलाई मादल ठटाउँदै दुखेसो पोख्छन्, ‘के गर्नु र, कर्मै उस्तो ? यस्ता झारपातलाई नमस्ते गर्नु पर्छ, तिनका हरेक कुरा सुनिदिनु पर्छ, तिनका हरेक काम गरिदिनु पर्छ । तिनलाई सबै दिनु मात्रै पर्छ, तर लिन भने चाहिं केही पनि हुन्न । केही लिइ हाल्यो भने भ्रष्ट भइने । गाली गर्न त परै जावस, नम्र बोल्नु पर्ने । यी पिसाचहरुलाई यही मादलमा टाँसेर खरी झरुञ्जेल ठोकेर मन शान्त पार्ने हो ।’
तर मादलका फोटा नफेर्दासम्म त फलिफापनै हुन्छ । जस्तो कि नेपालका नेताहरुलाई भइरहको छ । तर, परिवर्तन गर्दै हिंडियोभने त आपत मात्रै पदैन, ‘सुन्दर बिजोक’ पनि हुन्छ । जस्तो कि अहिले भइरहेको छ । जस्तो कि चीन जाँदा भारत र पश्चिमाहरुको फोटो मादलमा टाँसेर गएर बजाउने । अनि भारत र पश्चिमा देश जाँदा चीन, रसियाहरुको फोटो मादलमा टाँसेर बेस्सरी बजाउने । यो खुराफाती बजाइले आपैmलाई कतिखेर बजाउँछ । यो झुक्याउने खेल हो । नेपाल भन्ने देशमा मात्र मादलका फोटा जति बजाए पनि ‘हामीलाई प्रेम गरेका हुन’ भनेर बुभ्mछन् । अन्यत्रका मान्छे त्यति लाटा छन् र ? मेरो यो लेख पनि मादल ठटाको हो भनेर बुभ्mनुभयो भने पनि ठीकै छ । तर फोटा चाहिं कस्का टाँसेको छु ? फोटा नटाँस्ने प्रयास गरेको छु है मित्रहरु ।

Author

You may also like