मुख्य राष्ट्रिय विचार/वहस

रवि पक्राउ पर्ने विषयले राजनीति तरंगित

दमक । रवि लामिछानेलाई पक्राउको हल्लाले राजनीतिलाई तरंगित बनायो ।
सहकारी रकम अपचलनको मुद्दाले वर्ष दिन अगाडिदेखि खेदिएका रवि लामिछाने अन्ततः छानविन विशेष समितिमा १० घण्टाको बयान पछि सहकारीबाट रकम निकालेको भन्ने आरोप गलत सावित भएको छ
कुनै पनि सहकारीबाट लामिछानेले रकम लिएको तथ्य र प्रमाण नभेटिएको उक्त समितिले प्रतिवेदन बुझाए पनि लामिछाने आफैले क्लिन चिट पाएको बताए । त्यसलाई प्रमाणित गर्न समितिका सभापति सूर्य थापाले व्यक्तिगत मात्र होइन संस्थागत रुपमा पनि कुनै माइन्युट समेत नगरेको पाइयो, यस कारण रवि लामिछाने सहकारीमा संलग्न भएको नदेखिएको बताएका छन् । यद्यपि उनको त्यो बुझाईलाई त्यसबेला गलत सावित गरियो जतिबेला उनलाई पक्राउ पुर्जी जारी गरेको हल्ला चल्यो ।
पूर्व डिआईजी छविराज जोशीलाई पक्राउ गरेपछि अब पालो रविको भन्ने हल्ला व्यापक रुपमा चल्यो । हल्लै हल्लामा देशको राजनीति निकै तरंगित पनि बन्यो । लामिछानेलाई पक्राउ गर्ने हल्लाका बीच आइतबार साँझ रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा कार्यकर्ता र समर्थकहरूको भिड लागेको थियो।
त्यहाँ सम्बोधन गर्ने क्रममा लामिछानले आफूले “हरेक पटक अनुसन्धानमा गएर प्रक्रियालाई सघाएको भन्दै सरकारले “मिडिया टूायल” गर्न खोजेको आरोप लगाएका थिए । त्यही हल्लाले चीन भ्रमणमा गएको रास्वपाको जम्बो टोली पनि भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किसकेको छ । यहि अवधिमा प्रधानमन्त्री अमेरिका भ्रमणमा रहनु, कार्यवहाक प्रधानमन्त्री, गृहमन्त्री कांग्रेसको हातमा परेको बेलामा भएको यो द्रुत गतिको घटनाले आशंका गर्नुपर्ने ठाउँ दिएको छ । तर, पक्राउको हल्लाले रास्वपाको कार्यालयमा जसरी कार्यकर्ताको भिड देखियो, हल्ला भयो त्यो भिडलाई एमालेका नेताहरुले अत्तालिएको मानसिकतामा जोडे । सहकारी छानविन समितिका सभापति सूर्य थापाले( कुरै नभई कपोलकल्पित रुपमा हतास मनस्थितिले अत्तालिएर पक्राउको कुरा ल्याएर कार्यकर्ता भेला गरेको भए पनि पक्राउसम्बन्धी कतै कुनै कुरा नउठेको बताए । विभिन्न मिडियामा अन्तर्वार्ताका क्रममा यसैगरी नेकपा एमालेका नेताहरुले यसलाई अत्तालिएकै रुपमा लिए पनि लामिछानेले स्वस्फुर्त रुपमा साथीहरुको उपस्थिति रहेको बताएका छन् । उनले हुँदै नभएको कुरा हो भन्ने भ्रम पार्ने
आफ्नो….गरी एक वर्षदेखि मिडियाहरुले आफुलाई पीडामा राखेको पनि बिहीबार लाइभ भिडियोमा बोलेका छन् । उनले भनेका छन्–लाखौं बचतकर्ताको विषय छोडेर मात्र रवि लामिछानेको पछाडि दौडिनु कति न्यायोचित होला प्रश्न गरे । उनले भने– आम मानिसले देख्दा खेरी एउटा मान्छेलाई जसरी पनि दोषी देखाउनै पर्छ भन्ने जस्तो पारियो ।
खास गरेर नेपाली कांग्रेसले यस अघि रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामा बोलेका विषयहरु प्रमाणित गराउनका निम्ति पनि आफुमाथि विभिन्न खालका विषय निकालेर गोरखा मिडियामा आएको पैसामा ल्याएर जोड्न खोजेको स्पष्ट पारेका छन् । उनले गोरखा मिडियामा आएको रकमको सम्बन्धमा कारवाही भोग्न र त्यहाँ आएको रकम जिम्मेवारी लिने विषयमा आफु कहिल्यै नभाग्ने र पीडित बचतकर्तालाई न्याय दिलाएरै छोड्ने पनि बताए ।
कम्पनीमा आएको रकम खर्च गरेको र चेक काटिएको विषयमा मत विभाजन भएको छ । एक थरीले कम्पनीमा जिम्मेवारी बोकेको व्यक्तिले त्यसको जिम्मेवारी लिनुपर्ने बताइरहेका छन भने अर्को थरीले कुनै कार्यालयमा जाँदा मालिकले कहाँबाट आयस्रोत जुटायो, कसरी तलब वा अन्य खर्च गर्दैछ भनेर सोधेर जागिर जानुपर्ने वा जिम्मेवारीमा बस्नुपर्ने अवस्था आयो भनेर पनि परिभाषित गरिएको छ । व्यवहारिक रुपमा कुनै पनि मानिस कसैका जागिर खान जाँदा उसको आम्दानीको स्रोत सोध्न नमिल्ने र सोधे पनि मालिकले त्यसको दिन इन्कार गर्न नै हुन्छ । तर यहाँ जवरजस्त रुपमा रवि लमिछाने प्रबन्ध निर्देशक भएको र १५ प्रतिशत शेयर समेत लिएर मालिक बनेको कारणले उक्त रकमको जवाफदेही बन्नुपर्ने सरकार पक्षको भनाई रहेको छ । यद्यपि रविले त्यसलाई इन्कार नगरी आफु त्यसको सजाय भोग्न पनि तयार र लाखौं बचतकर्ताको रकम त्यसरी आफूलाई थाहै नदिई ल्याएर आफुलाई फसाउने काम गरेको हुँदा त्यसको जवाफदेहिता र जिम्मेवारी लिने बताएका छन् । आफ्नो कार्यकालमा आएको अवैधानिक आर्थिक कारोबारको नैतिक, कानुनी र आर्थिक रुपबाट जुन जुन पक्षबाट जिम्मेवारी लिनुनपर्ने हो आफु तयार रहेको पनि उनले बताए । उनले सहकारीको प्रतिवेदन जति फाष्ट टू्याकबाट काम गरियो त्यसैगरी अन्य सबै समितिमा रहेका यस्तै अन्य मुद्दाहरुको टिकापुर, बासबारी, वाग्लुङ, विषयमा पनि यसरी नै काम गर्न शुभकामना पनि दिए । तर छलछाम गरेर संगठीत अपराधमा हालेर आफ्नो राजनीतिक भविष्य जोगाउन मलाई वा पार्टीलाई बलिभेदीमा हाल्छु भन्ने सपना चाहि नबोक्न समेत आग्रह गरे । संख्यामा कमजोर भए पनि इमानमा कमजोर नभएको स्पष्ट पारे ।

Author

You may also like