सम्पादकीय

रोगको पहिचान र निदानको आवश्यता

गर्मी महिना मानव स्वास्थ्यका लागि निकै प्रतिकूल हुने गरेको छ । मौसमी विभिन्न रोगहरुसँग लडिरहेका नेपालीमा कीटजन्य स्वस्थ्य समस्या पनि देखिँदै आएका छन् । वातावरणीय तापक्रमको वृद्धिसँगै झिँगा, लामखुट्टे, उडुस, उपियाँको सहज वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोगहरु उत्पन्न हुन्छन् । नेपालमा पछिल्लो समयमा डेंगीको संक्रमण ठूलो स्वास्थ्य समस्या हु्ँदै आएको छ । यसबाट विगत केही वर्षदेखि फैलिँदै, रोकिँदै आएको छ । मानवीय क्षति समेत धेरै गर्दै आएको डेंगीबाट यो वर्ष पनि गत मंगलबार एक जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत एपिडिमियोलोजी महाशाखा (इडिसिडी)ले दिएको जानकारी अनुसार देशभरका ७३ जिल्लामा यो संक्रमण फैलिएको छ । सरकारी पछिल्लो तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा ५ सय ३७ जना संक्रमित रहेको इडिसिडीले जनाएको छ । यस्तै किटजन्य स्वास्थ्य समस्याको कुरा गर्ने हो भने– रोटरी क्लब अफ दमकले पदस्थापना समारोहको आयोजना ग¥यो त्यसको प्रमुख अतिथि राजेन्द्रमान शेरचनले सम्बोधन क्रममा पोलियोको कुरा उठाए । उनले अफगानिस्तान र पाकिस्तानमा मात्र १८ जना पोलियोको केस देखिएको र नेपालमा पनि ३ महिना अगाडि पोलियोको भाइरस भेटिएपछि उपत्यकाका तीन वटै जिल्लामा पोलियो विरुद्धको खोप लगाएको हुँदा पोलियो पुनः फैलनसक्ने भन्दै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गरे । यो बाहेक हैजा पनि समस्याकै रुपमा देखा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा परीक्षण गराउँदा ललितपुरमा १९, काठमाडौँमा एक, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको हो ।
यी प्रतिनिधिमूलक घटना मात्र हुन् । यो गर्मीको मौसममा अन्य विभिन्न रोगहरुले मानिसलाई सताईरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार डेंगी संक्रमण विश्वका सयभन्दा बढी देशमा देखापर्ने आम समस्या हो । करिब ३ अर्ब मानिस डेंगीबाट प्रभावित क्षेत्रमा बसोबास् गर्छन् । यसमा भारत र दक्षिणपूर्वी एशियाका अन्य देश चीन, अफ्रिका र मेक्सिको समावेश छन् । राष्ट्रिय भेक्टर बोर्न डिजिज कन्ट्रोल प्रोग्राम (एनवीबीडीसीपी) ले जारी गरेको तथ्याङ्क अनुसार सन् २०१९ मा मात्रै भारतमा ६७ हजारभन्दा बढी डेंगीका केसहरू दर्ता भएका थिए । रिपोर्टका अनुसार २०१७ डेंगी सङ्क्रमणका कारण भारतको लागि सबैभन्दा खराब वर्ष थियो। २०१७ मा लगभग १.८८ लाख डेंगीका केसहरू दर्ता भएका थिए, जसमध्ये ३ सय २५ जनाले ज्यान गुमाएका थिए । यी बाहेक अन्य रोगहरु पनि गर्मीले निम्त्याउने गर्दछ । झाडाबान्ता, हैजा, औलो, टाइफाइड (म्यादे ज्वरो), आउँ, रगतमासी, हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वर, ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिको कारणले लाग्दछ । यस्तै मेनिन्गोइन्सेप्mलाइटिस, हेपाटाइटिस ए तथा फाट्टफुट्ट रुपमा सुख्खा मौसममा पनि रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण भाइरसका कारण हुने गर्दछ । आँखाको तथा छालाको स्वास्थ्यमा पनि गडबढी औलो, कालाज्वर, डेंगु, स्क्रब टाइफस् जस्ता रोगका लागि सचेतता अपनाउनुपर्ने देखिन्छ ।
सुरक्षित वातावरण तथा स्वच्छ खानेपानी एवं सरसफाईका लागि पर्याप्त पानी उपलब्ध नहुने ठाउँका बासिन्दामा कीटजन्य सरुवा रोगहरुको प्रकोप बढी देखिने गरेको छ । कीटजन्य सरुवा रोगहरुमध्ये औलो सबभन्दा डरलाग्दो कीटजन्य स्वास्थ्य समस्या हो । यी र यस्ता विभिन्न प्रकारका रोगहरु लाग्नु भन्दा अगाडि नै समुदाय तथा सम्बन्धित निकाय निकै चनाखो र जिम्मेवार बन्न जरुरी देखिन्छ । नेपाल सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएर ठूलो राज्यकोषको रकम खर्च गरिरहेको अवस्था पूर्ण देखिँदैन । लामखुट्टेको खोजी र बासस्थान नष्टमा मात्र
सरकारले झण्डै ८ करोड रुपैयाँ विनियोजन गरेको छ । तर दमकलगायत पूर्वका कुनै पनि स्थानमा त्यसको उपयोगिता गरेको देखिएन । अगाडि देखि नै सजगता हुनुपर्दछ। अहिले नै लामखुट्टे निर्मल पार्न पट्टि लाग्दा सम्भवतः डेंगीको संक्रमण नआउन सक्थ्यो त्यतातिर ध्यान पु¥याउन जरुरी देखिन्छ । समस्या आएपछि बजेटको दुरुपयोग गर्ने गरी कनिका छरे झै छर्नुभन्दा कहाँ कुन रोग कुन अवस्थाबाट सिर्जित भएको हो त्यसै अनुसार अगाडिदेखि नै नेपाल सरकार र सम्बन्धित निकाय लाग्न जरुरी देखिन्छ । यतिखेर डँेगी ठूलो समस्या भएको छ भने त्यसपछि हैजा, टाइफाइड र पोलियोको विषयमा सरकार र सम्बन्धित निकायको जागरुकता देखिनु जरुरी छ । समुदायमा रोग देखिनु अगाडि नै रोग लाग्नबाटै बचाउने उपायहरु अवलम्बन गर्न सक्नु चाहि जिम्मेवार ठहर्छ । सरसफाई, लामखुट्टे, झिंगालगायतका रोग सार्न सक्नेलाई निर्मुल बनाउने उपायहरु गाउँ, सहर बजारमा समयदेखि नै गर्न सकियो भने यस्ता प्रकोपहरु धेरै हदसम्म कम भए जानेछ । पानी जम्न नदिने र सरसफाईमा मात्र ध्यान दिन सकियो भने डेंगी पनि नियन्त्रण गर्न सकिन्छ । लामखुट्टेबाट आफूलाई बचाउनु नै डेंगीबाट बच्ने उपाय हो ।

Author

You may also like