स्थानीय

नपाले निजी सम्पत्ति हड्प्न खोजेको आरोप

२० साउन, दमक । दमक ७ हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो सम्पत्ति हड्प्न खोजेको आरोप लगाएका छन् । सामाजिक व्यक्तित्व चाम्लिङले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि जिल्ला अदालत झापामा जग्गासम्बन्धी मुद्धा विचाराधीन रहेको अवस्थामा एकाएक सुरक्षाकर्मीहरु ल्याएर धाकधम्कीका साथ जर्वजस्ती बाटो कायम गर्न खोजेकोमा आपत्ति जनाएका हुन् । २०६७ सालदेखि आफनो श्रीमती सुनिता राईको नाममा कायम रहेको साविक ६ (ख) कित्ता नम्बर ३४४६० को २ कठठा जग्गामा बाटो भएको भन्दैं नगरपालिकाको न्यायिक समितिले गत जेठ २१ गते एकल फैसला गरेको चाम्लिङको आरोप छ  । फैसला विरुद्ध नगरपालिकाले पुनरावलोकन गर्ने समय नदिएको बताउदै यसरी राजनीतिक पूर्वाग्रहका आधारमा स्थानीय सरकारले देखाएको यस किसिमको हर्कत् स्वभाविक नभएको उनले सुनाए । जनताको जीउधनको सुरक्षा चासो दिनुपर्ने भएपनि उल्टै त्रसित बनाउने कार्य गरिआएको घटनाले आफूहरु असुरक्षित हुनुपरेको उनको गुनासो थियो ।
राईले नगरपालिकाको फैसाला विरुद्ध गत जेठ २५ गते जिल्ला अदालत झापामा पुनरावेदन गरेका छन् । राईले न्यायिक समितिको फैसला त्रुटिपूर्ण भएको र सो जमीनमा कुनै पनि सार्वजनिक बाटो नभएको दावी गरेका छन् । आफनो परिवारले खरिद गरेको नम्बरी जग्गामा आफनो हित नचाहने केहि व्यक्तिको उजुरीका आधारमा बाटो रहेको फैसला गरेपनि नक्सामा बाटो समेत नभएकाले सो जमीन आफनो पक्षमा सम्मानित अदालतबाट न्याय पाउने उल्लेख गरेका छन् । सो मुद्धाको साउन २१ गते पेशी तोकिएको उनको भनाई छ ।

Author

You may also like