२० साउन, दमक । पावन भूमि धार्मिक पर्यटकीय स्थल हरिद्धार चतराको आश्रममा बसेका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचाय महाराजश्री अस्वस्थ भई उपचारका क्रममा रहेका छन् । लामो समयदेखि पेटको बिरामी रहेका जगद्गुरु बालसन्त नियमित स्वास्थ चेकजाच गर्ने क्रममा काठमाडौं लगिएको प्रथम जगद्गुरु पिठ एवम् श्री राधा कृष्ण भक्ति साधना आध्यामिक प्रतिष्ठान चतराले जनाएको छ ।
अस्पतालमा जगद्गुरुका स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेदेखि स्थानीय जिल्ला, प्रदेश र केन्द्रका विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व, धार्मिक गुरु, भक्तजनहरुले भेट गरी स्वास्थ्यलाभको कामना समेत गरिरहेका छन् ।
बालसन्त महाराजको पेटमा समस्या देखिएको कारणले हेल्पिङ हेण्डस् अस्पतालमा बिहीबार महाराजश्रीको शल्यक्रिया समेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । पेटमा समस्या देखिएकाले डाक्टरहरूको परामर्श अनुसार १६ गते बुधबार बिहान ७ बजे शल्यक्रिया सम्पन्न भएको छ र अहिलेको बालसन्त जगद्गुरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जानकारी गराएको छ ।

Author

You may also like