दमक/ दमक उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ ।
संघको हालै सम्पन्न बैठकले आसन्न चुनावी साधारणसभाको मिति तय गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । साधारणसभा भव्य रुपले सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष गुरागाईको संयोजकत्वमा साधारणसभा तयारी समिति गठन गरिएको छ भने अन्य आवश्यक विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघले जनाएको छ ।
साधारणसभा भव्य रुपमा सम्पन्न गर्न गठित उपसमितिहरुले विभागीय काममा तीव्रता दिएको संयोजक गुरागाईले जनाएका छन् । साधारणसभा सकिएको १५ दिन भित्रमै संघले नयाँ नेतृत्व पाउने जनाईएको छ । तीन वर्षे कार्यकाल रहने संघको निर्वाचन भने आगामी माघ ६ गते भित्रमा सम्पन्न हुने बरिष्ठ उपाध्यक्ष गुरागाईले जानकारी गराएका छन् । उनका अनुसार साधारणसभाले निर्वाचन समितिसहित निर्वाचनको मिति तय गर्ने छ ।
नयाँ नेतृत्वमा प्रगतिशिलका तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष गुरागाई, विमल खतिवडाको मुख्य दावी राख्दैआएका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट हालकै अध्यक्ष गोकुल श्रेष्ठको दावी रहन सक्ने बताइएको छ । अध्यक्षमा आप्mनो दावी गर्दैआएका वरिष्ठ उपाध्यक्ष गुरागाई संघलाई उद्योगी, व्यवसायीको साझा संस्थाका रुपमा विकास गर्न आफूले काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्छन् । उनले संघको सदस्य, तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दैआएका छन् । वर्तमान समितिमा उनीनै लामोसमयदेखि विभिन्न जिम्मेवारी सम्हालेका एकमात्र व्यवसायी मानिन्छन् । निर्वाचनमा २ हजार १ सय हाराहारीका उद्योगी, व्यवसायीहरु मतदाता रहेका छन् ।