पालिका गतिविधि मुख्य

दमक नपाद्वारा स्व. जोशीलाई श्रद्धाञ्जली

२० साउन, दमक । चर्चित लोक गायक स्व. लक्ष्मीप्रसाद जोशीको निधन भएको १० औं पुण्यतिथीको दिन निजी निवास दमक–१ फाल्गुनन्द चोकमा उपस्थित भई दमक नगरपालिकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । दिवंगत लोकगायक जोशीको यो शोकको घडीमा मृतआत्माको चीर शान्तिको कामाना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्राप्त होस् भन्ने शोक सन्देश नगरप्रमुख थापाले प्रकट गरेका थिए । उनले स्व. जोशीको कला तथा सांगीतिक फाँटमा अतुलनीय योगदान रहेको भन्दै उहाँलाई दमकबासीले सदैव स्मरण गरिरहने पनि बताए । दमक नगरपालिकाका नगरप्रमुखसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीलगायत सर्वसाधारणको उपस्थितिमा सो शोकसभा
(श्रद्धाञ्जली) कार्यक्रम सम्पन्न भएको थियो । ८८ वर्षीया स्व. जोशीको साउन १० गते बिहीबार अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । स्व. जोशीको नगरसम्मान सहित नगरपालिका र मातहतका अन्य वडा कार्यालयहरुमा आधा दिन शोक बिदा दिएर साउन १३ गते आइतबार अन्त्येष्टि गरिएको थियो।

Author

You may also like