१८ साउन, दमक । दमक बजारको सडक निर्माण कार्य अधुरो रहेको कारण नगरबासीले खेप्दै आएको कठिनाइ चाँडै समाधान गर्ने बताइएको छ । स्वामी नारायण निर्माण सेवाका एक जिम्मेवार व्यक्तिले पूर्वसन्देशसँगको कुराकानीमा मौसमले साथ दियो भने अबको केही दिनमै काम शुरु गर्ने बताएका छन् ।
हामीले कामै कहाँ बन्द गरेका छौ र, असार मसान्तसम्म निर्माण कार्य गरेका थियौं । साउन लागेपछि हरहिसाबको क्लोजिङ्गतिर लागियो । लगातार पानी परेकाले काम शुरु गर्न गाह्रो भएको हो । पानी आएको बेला सडक पीच गरियो भने टिक्तैन वाणिज्य संघका अध्यक्षले पनि फोन गरेको थियो त्यो कुरा उहाँलाई पनि जानकारी गराइएको थियो । नगर प्रमुखको पनि तारैतार फोन आउने गरेको छ । काम रोक्नु पर्ने, ढिलाई गर्नु पर्ने केही कारण नै छैन । मौसमले नै अवरोध गरेको हो । ८० प्रतिशत काम गरिसकेका छौ । हाइवेले रोकेको वाहेक मौसमको अनुकूल हेरेर तुरुन्तै निर्माण कार्य शुरु गर्ने र अन्त्य पनि गर्ने लक्ष्य रहेको उनले बताए ।
यता जनताले सास्ती भोग्नु परेका कारण स्थानी सरकार भएका कारण नपामा गुनासो र दवाव भइरहेको छ । आफूले पहल गरिरहेको छु भनेर मेयरले आश्वासन दिने गरेका छन् । हेरौ कुरा झुट्टा भएन भने चाँडै नै काम सुरु गर्ने अनुमान गर्न सकिन्छ ।