हिन्दु धर्मको बारेमा बहस चलिरहँदा, चलाइरहँदा यस्ता कुराहरुमा सुधार हुनुर्पछ कि पर्दैन भनेर सोच्नु पर्छ होला । यो धर्मका अभियन्ताहरुलाई एउटा गतिलो चुनौती पनि हो ।

रेलका कथा

सबै यात्राको उद्देश्य हुन्छ भन्ने केही छैन । तर पनि ती यात्राहरु निरुद्देश्य भने नहुँदा रहेछन् । यात्राले एउटा समयलाई बोकेर हिंडेको हुन्छ । २०७५ साल माघको जाडो नझुल्किदै भएको हाम्रो पूर्वी भारतको यात्राले यस्तै अनेकौं रंग र अवयवहरु बोकेर ल्याइदियो । हामीले पैसाको भारुकरण काँकडभिट्टामा गरिसेकपछि न्यू जलपाइगुडी रेलवे स्टेशनमा बेलुका ५ बजे पुग्यौं । भौतिक संरचनाको भीमकायता थियो त्यो रेलवे स्टेशन । संझें, यो खालको भौतिक संरचना निर्माण गरेर एउटा रेलवे स्टेशन बनाउन नेपालको कति वर्षको बजेटले भ्याउला ? अनि यस्ता हजारौंको मात्रामा खडा गरिने स्टेशनहरुको निर्माण कुन बिधाताले कुन ग्रहबाट आएर गरिदेला ? मनमा भूँईचालो गयो । अनि त्यो एउटा रेलवे स्टेशनमा भेला भएका मानिसहरुको भीड देख्दा फेरि आप्mनै देश संभेंm । नेपालमा पनि रेल ल्याउने भन्छन् । यति धेरै यात्रु कहाँबाट आउलान् ? अनि कति दिनमा एउटा रेल भरिएला !

त्यही भीडको कथाबोकेर उभिएको उभियै भएँ । त्यसपछि हामीलाई रेल र सिट भेट्ने सकस भयो, तथापि यात्राको रेखामा उभिने हामी थुप्रै थियौं ।

रेलमा बसिसकेपछि खानाको लिष्ट बोकेर एउटा युवा आयो । मलाई यिनको विश्वास थिएन । ‘खाना, खाना । ए खाना ।’ एउटा जवान मोटो मान्छे कराउँदे आयो ।

‘दोठा, भाइजी ।’जानुका प्वाक्क बोलिन् । र उसलाई दुई सय भारु रुपियाँ दिइन् ।

‘मेडमने बोलान । हम जरुर ल्याउङगा ।’ ऊ हिड्यो । तर मलाई लाग्यो, आज यसले मुर्गा बनायो हामीलाई । श्रीमतीको कुरा काट्नु अनैतिक भएर होला, म चुप रहें ।

क्mेही क्षणमा प्याक गरिएका खाना दुई ठाउँमा आयो । बेरा गनाइरहेको भात ।

आलुका चानामा खोर्सानीको धुलो र पानी लगाएर उमालेर सेलाएको खोर्सानीपानी सब्जीको परिकारमा बिराजमान थियो । चामलका चिसा सिता र चिसो खोर्सानीपानी ।

कसरी निल्नु र त्यो जीवनको सबैभन्दा नमिठो खाना । हामीले प्mयाँक्यौं भ्mयालबाट बाहिर ।

बहुलवाद

बिहान ५ बजे गुवाहाटी रेलवे स्टेशनमा ओर्लिएपछि हाम्रो बहुलवाद सुरु भयो । हुने नै भयो बहुलवाद । हामी कोही स्टेशनमा रोकिने बहस गर्न थाल्यौं ।

हामी कोही कामाक्षा मन्दिर जाने भन्दै थियौं । हामी कोही पहिला होटलमा जाने र सामान राखेर, फ्रेस भएर मात्र मन्दिर जाने भन्दैथियांै । यो बहुलबाद जीवन र जगतका हरेक पाटाहरुमा लागु हुँदोरहेछ भन्ने लाग्यो । यस्तै बहसहरु भए । ट्याक्सीमा मन्दिर परिसर पुग्दा पाँच बजेको थियो । अन्ततः हामी एउटा पसलमा हाम्रा सामान राखेर कामाक्ष –कामाख्या ?) देवीको दर्शन गर्न तयार भयौं ।

पैसाकी देवी

‘मुख धोएको बीस रुपियाँ रे ।’ कृष्ण सुवेदी दाईले हाँस्दै भन्नुभयो । ‘अनि नुहाएको पचास रुपियाँ ।’ ब्रम्हपुत्र नदीको किनारमा पानीको यो मोल सुनेर मन अमिलो भयो । तिनले यी नेपाली हुन् र यी दर्शन गर्न नै आएको हुन् भन्ने ठानेर यो प्रकारको ठगी गरेको पनि बुझियो । नेपाली भनेपछि जति ठगे पनि हुन्छ भन्ने मानसिकता तिनको बिकास भएको रहेछ ।

खुट्टा धुने पानी शीरमा

बाहिर बाल्टीमा खुुट्टा धुन राखिएको पानीले मुख धोएर हामी मन्दिर परिसरमा खाली खुट्टा लिएर गयौं । बिहानैदेखिको लाइन थियो त्यहाँ । बाहिरको लाइन सय मिटर परसम्म थियो बिहानै पाँच बजे । ‘पूजारीका टाइम सात बजे हे । उसके बादमे ये गेट खुलजाते ।’ लाइनमा उभिएको एकजना भलादमी देखिने महापुरुष बोले ।

‘दो घण्टा क्या कर्नि हे ? गेट खोलदेते तो हमभी भगवानका थोपडा देख् सक्तेथे ।’ मलाई पनि औडाहा भयो । तर एक घण्टापछि गेट खुल्यो । पदम कोइराला दाई र भाउजु, बाबुराम नेउपाने, राजेन्द्र दियाली र म अघिल्लो लाइनबाट छिर्यौं कामक्षा देवी मन्दिरभित्र । तर त्यो मन्दिर परिसर जस्तो थिएन । त्यो कुनै कारागार जस्तो थियो । साँघुरो, करिब डेढ फुटको बाटोमा दाँयातिर भित्तो र बाँयातिर फलामे बार थियो । त्यहाँ पसेपछि न त फर्किन सम्भव थियो, न त निस्किन सम्भव थियो । एउटै बिकल्प थियो, च्यापिएर उभिनु । बीचबीचमा बस्ने बेञ्चहरु थिए, त्यसैमा बस्नु पथ्र्यो उभिन नसक्नेहरुले ।

क्mेही पर पुगेपछि देखियो, अगाडि पछाडी सबै मान्छेका टाउका छन् । बीचमा हामी । जाने कुनै ठाउँ थिएन । मन्दिरमा थुनिएका कैदी ! कुनै प्राकृतिक प्रकोप घटने हो भने, हामी हजारौंको मात्रामा थुनिएका दुखी आत्माहरु त्यहीं सखाप हुने थियौं । यस्तो जञ्जीरमा मेरो यो पहिलो प्रवेश थियो । ‘आठ बजे मात्र खोल्छन् रे मन्दिर पस्ने गेट ।’ पदम दाईले एउटा बंगालीलाई सोधेर भन्नुभयो । जानुका कता हराइन्, पत्तो भएन । साथीहरु कता परे पत्तो भएन । हामी चारजना सुन्दरीजल जेलमा थियौं । महिलाहरु भजन गाउन थाले । हामीभने धर्मका कुरा गर्न थाल्यौं । बन्द बारमा लाइनमा धर्मका कुरा । आवेगात्मकता थियो । बेलायती कवि टी.एस इलियटले उपनिसदको प्रयोग गरेको कुरा ल्याएँ मैले त्यहाँ । संस्कृत साहित्यको महिमा थियो त्यो ।

हामी फलामे बारभित्र थियौं । निसास्सिएका थियौं । तल मन्दिरका पूजारी बेचैन थिए । उनी वर र पर कुदिरहेका थिए । उनलाई सबैभन्दा बढी चटारो थियो । स्वास फेर्न भ्याइ नभ्याइ थिए । बल्ल आठ बजे मूल ढोका खुल्यो । जेलबाट छुटन पाइयो भन्ने लाग्यो । तर फेरि तल्लो पट्टी फलामे बारमा थुनियौं । अर्को लाइनमा नरेश बञ्जारा, तेजप्रसाद तिवारी, विक्रम अधिकारी, मेरी साथी जानुका र अरु साथीहरु पनि थुनिएको देखें ।

लामो पिंजरडा पार गरिसकेपछि कामक्षा देवी मन्दिरको मूल मन्दिरको द्वारभित्र पस्ने मौका मिल्यो । तर लामालामा लाइमा उभ्याएर अपराधीलाई उभ्याए जस्तो उभिनेहरुमा थियौं हामी । पङ्तीबद्ध भएर मूल मन्दिरमा प्रवेश गरियो । पूजारीहरु जसले उनीहरुलाई अग्रिम पैसा दिन्छ, तिनैको मन्त्र भन्दै अरुले मूल देवीलाई चढाएको पूmलपाती र फलपूmल पोको पारेर दिन्थे र र्पैसा आप्mनो अगाडि जम्मा गर्न लगाउँथे ।

हामीले कुनै पुरोहित राखेनौं । तर मूलमन्दिरभित्रबाट बाहिरसम्म आइपुग्दा लामबद्ध उभिएका पण्डाहरु लाइनमा आउने सबै भक्तजनहरुलाई कुनै न कुनै देवीको प्रतिमामा ढोग्न लगाएर टिका लगाइदिंदै पाँचसय रुपैयाको नोट देखाएर त्यति नै दान गर्न बाध्य पारिरहेका थिए । जानुकाले एक सयको नोट निकान्न खोज्दा पर्सबाट पाँचसयको नोट निस्किदा त्यही नोट उसैले तानेर राख्न लगाएको देखेपछि मैले बाँकी प्रतिमामा नजर नलगाई बाहिर निस्किएँ । मन्दिर बाहिर निस्किदा पूजा गर्न लगाउने पण्डाहरुको संख्या दश थियो । एक सयका दरले दिंदा पनि एक हजार सकिन्थ्यो । मैले र श्रीमतीले त्यहाँ चढाएको जम्मा नौ सय भारु भएछ ।

हामी पैंतिस जनाको समूहबाट कति लिए होलान् तिनले ? अनि खोर थुन्दै र बिस्तारै छोडदै दिनभरी पु¥याएका ती लाखौं मानिसहरुबाट तिनले दिनहुँ कति लिन्छन् होला ? अनि तिनको पारदर्शीता खोई ? ‘कामख्या भनेको काम गरेर खाभनेको रे । त्यसैले यी पण्डाहरुले यसरी पैसा झारेर गरिखाएका रे ।’ प्रेम कुवँर भाइले सटिक परिभाषा दिए कामक्षा देवी मन्दिरमा भएको त्यो निकृष्ट व्यवहारको ।

छुन लगाएर पैसा लुटेको त्यो दृष्यले हिन्दु धर्मको बदनाम गरेको प्रष्टै थियो । र, धर्म परिवर्तनलाई मलजल गरिरहेको थियो । र, लाग्यो, आज धर्म परिवर्तन गर्नेहरुलाई यस्ता गतिविधिले मलजल गरिरहेका छन् । यसको निदान कहिं कसैसंग छ जस्तो लागेको छैन ।

Author

You may also like