मुख्य स्थानीय

ज्येष्ठ नागरिकको धार्मिक भ्रमण

दमक, २० फागुन। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक ८ को वडा समितिले ज्येष्ठ नागरिकलाई एक दिने धार्मिक अवलोकन भ्रमण गराएको छ ।

दमक ८ मा रहेका ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका ८० जना आजिवन सदस्यहरुलाई इटहरीस्थित नयाँ बृन्दावन धाम, सुनसरीस्थित रामधुनी धाम र चतरा धामको अवलोकन भ्रमण गराइएको हो । सुनसरीको ऐतिहासिकस्थल रामधुनीमा एक औपचारिक कार्यक्रम गरी उनीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा, तारानिधि मिश्र, पुष्प बहादुर अधिकारी र लक्षीमा पौडेल रहेको प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद खनालले बताए । सो अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत भएको र उत्कृष्ट हुने बिजेतालाई पुरस्कार समेत वितरण गरिएको थियो ।

दमक ८ कि वडा सदस्य हरिमाया चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठाका वडा अध्यक्ष ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय सचिव जीवराज भट्टराई, केन्द्रीय लेखा संयोजक कृष्णराज थापा, पूर्व केन्द्रीय उपाध्यक्ष डोयना दहाल, पूर्व सदस्यहरु शुरेश पौडेल, सुशीला गौतम लगायतको उपस्थिति रहेको प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले जनाए ।

Author

You may also like