मुख्य स्वास्थ्य

सेवा बन्दहुँदा विरामीलाई सास्ती -कुटपिट गर्नेलाईमाथि कारबाही गरिने

सेवा बन्दहुँदा विरामीलाई सास्ती –
कुटपिट गर्नेलाईमाथि कारबाही गरिने
दमक, १ असोज-
हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका अस्पतालका आकस्मिक बाहेकका सेवा वन्द गर्दा देशभर जनजीवन असरग्रस्त वनेको छ ।
झापाको दमक, उर्लाबारी, विर्तामोड, भद्रपुर, मोरङको उर्लाबारी, पथरी, विराटनगर सहितका क्षेत्रमा डेंगु सहित ज्वरोका विरामीहरु जचाउन गएको अवस्थामा उनीहरु त्यसै घर फर्किन वाध्य भएका थिए । आन्दोलनको पूर्व सूचना हुँदा त्यति धेरै विरामी उपचारमा नआएको भएपनि ज्वरो आएका विरामीलाई सामान्य मानेर फर्काइएको पाइएको छ ।
पथरीशनिश्चरेमा डेंगुको संक्रमण रहिरहेको आधारमा ज्वरो आउने विरामीलाई केहि हदसम्म केहि समय इमरजेन्सीमा राखेर भएपनि नगर अस्पतालमा उपचार गरेको पाइएको आफ्नो बुबाको उपचारमा गएका स्थानीय समाजसेवी हरिराज प्याकुरेलले जनाए ।
नगर उपप्रमुख देवीमाया काफ्लेको अगुवाईको नगरपालिकाको टोलीले चिकित्सकको आन्दोलन भइरहेको अवस्था भएपनि विरामीहरुको समस्या बुझेर सकेसम्म सहयोग गर्न आग्रह गरेकी थिइन् ।
झापाको दमकस्थित ओम मेची अस्पतालमा इमरजेन्सी अवस्थाका ६ जनाको शल्यक्रिया गरिएको डा. शंकरप्रसाद हुजदारले जनाए ।
सङ्घले विज्ञप्तिमार्फत आइतबार देशभरका सम्पूणर् सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूणर् स्वास्थ्य सेवाहरू पूणर् रूपमा बन्द गर्ने आव्हान गरेपछि स्वास्थ्यजीवनमा असर परेको छ ।
मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घले आरोप लगाउँदै आएको छ । चिकित्सक द्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउने दबाबका लागि भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा भर्न भएका बिरामीलाई चितवन लगिएको थियो । सो क्रममा बिरामीको चितवनको एक अस्पतालमा गत भदौ २५ गते मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु विरोधमा उत्रिएका थिए । क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले चिकित्सकद्वय थापा र विडारीमाथि हातपात गरेका थिए ।
सङ्घले घटनामा संलग्न सम्पूणर् दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारबाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ । संघले देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्थामा सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरेको छ ।
यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।
-कुटपिट गर्नेलाईमाथि कारबाही गरिने-
यसैबीच सरकारले आन्दोलरत नेपाल चिकित्सक संघका मागबारे आइतबार भएको वार्तामा हेटौंडाको सन्चो अस्पतालमा दुई जना डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन भएको थियो । ६ बुँदे सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि आक्रमणको आरोपमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जनासहितका दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

Author

You may also like