दमक जेसीजको नेतृत्व सर्वसम्मत

दमक/ दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा मुकेश अग्रवाल चुनिएका छन् । सोमबार सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी वर्ष २००० का अध्यक्ष शुरेस अग्रवालका जेठा छोरा हुन् । दमक जेसीजको इतिहासमा बाबु छोरा यसरी नेतृत्वमा पुग्ने अग्रवाल परिवार नै पहिला हुन् ।
सर्वसम्मत निर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा सहदेव भट्टराई, राजेन्द्र बिमली, उपाध्यक्षहरुमा राहुल साह, योगेश गौतम, सरोज ढकाल, विनोद भट्टराई, जनसम्पर्क अधिकारीमा रुवल अधिकारी, तालिम निर्देशकमा साजन श्रेष्ठ चुनिएका छन् । दमक जेसीज अध्यक्षमा चार जनाको उम्मेदवारी परेको र ककस कार्यक्रममार्फत् उम्मेदवारहरुबीच सहमति जुटेपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कमल कटुवालले बताए । उनका अनुसार अब अध्यक्षले विधानत महासचिव, सचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार, प्रकरण निर्देशक, शाखा सम्पादक सहितका पदहरुमा मनोनित गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.