दमक उद्योग वाणिज्य संघको निर्वाचनमा १६८९ मत खस्यो

दमक/ दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार मतदान सम्पन्न भएको भएको छ । मतदानमा १६ सय ८९ मत खसेको निर्वाचन समितिका संयोजक लीला गुरागाईले जानकारी दिए ।
यसपटक संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता थिए । मतदानमा ३ सय २७ जना भोट हाल्न आएनन् । मतदान दमक ७ स्थित वडा कार्यालयमा भएको थियो । विहान ८।३० वजेदेखि मतदान शुरु भई दिउँसो ३ वजेसम्म चलेको मतदान सौहार्दपूर्ण रुपमा सम्पन्न भएकोछ, मतगणना दमक उद्योग वाणिज्य संघको सभाहलमा गरिने र १०० गणना सकिए लगत्तै जारी मतपरिणाम सार्वजनिक गरिने संयोजक लीला गुरागाईले जानकारी दिए । नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published.