कला/साहित्य/संस्कृति मुख्य

लेखनाथको ‘मेरो देश’ मा सम्पूर्ण सन्दर्भ

यादवकुमार भट्टराई-
‘मेरो देश’ अत्यन्तै प्यारो शब्द । जसलाई उच्चारण गर्दा र सुन्दा मनै आनन्दित हुन्छ । आफ्नो अस्तित्वसँग जोडिएको यही शब्द मेरो देश नामक महत्वपुर्ण पुस्तक हालै प्रकाशनमा आएको छ । जसका लेखक हुनुहुन्छ डाक्टर लेखनाथ न्यौपाने । झापा दमकमा वैकल्पिक उपचार पद्धति हेमियोपेथिकबाट स्थानीय बासिन्दाहरुको सेवा गर्दै आउनु भएका डा न्यौपानेको नेपाल र नेपालीले गर्व गर्न लायक पुस्तक लेखेर प्रकाशन गर्नु भएको छ । यो उहाँको विज्ञताको क्षेत्रभन्दा बाहिरको पुस्तक हो ।
नेपाल र नेपालीपनको सम्पूर्ण पहिचानलाई एउटै पुस्तकमा समेट्नु भएका कारण यसलाई नेपाल परिचय पनि भन्न सकिन्छ । नेपालको उत्पत्तिदेखि अहिले संघीयतासम्मका विषय यसमा समावेश छन् ।

यस पुस्तकमा नेपालको इतिहास, भौगोलिक, साँस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र र विशेषतालाई सम्पूर्ण रुपमा समावेश गरिएको छ । नेपालको निर्माण र विकासमा योगदान दिने व्यत्तित्व र घटनालाई पनि समग्र रुपमा प्रस्तुत गरिएको छ । यो देशको जातीय विशेषताका अतिरिक्त कला, साहित्य, चलचित्र लगायत कुरा पनि पुस्तकमा छन् । भनौ हामीले नेपालका सम्पूर्ण विषय सन्दर्भहरु यस पुस्तकमा पाउन सकिन्छ ।
नेपालको बारेमा यो पुस्तक एउटा समग्र दस्तावेजको रुपमा आएकोले संग्रहणीय छ र प्रत्येक स्कुल, कलेज, पुस्तकालय, सरकारी निकायको लागि यो महत्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ ।

Author

You may also like