ओमप्रकाश गौतम
“कहीँ नभएको जात्रा हाडी गाउँमा “ भनेझैं हिजोआज हाम्रो नेपालमा दिनका दिन जात्रै जात्राले देश अनिर्णयको बन्दी बन्न पुगेको छ । गर्न नहुने, बोल्न नहुने काम मात्रै हुनथालेको छ हिजोआज । यहीँ बेलामा काठमाडौ उपत्यका लगायत धेरै स्थानमा “ गाइजात्रा “ विशेषमा लाखे नाच प्रदर्शन गरियो । धेरैले मखुण्डो लगाएर, ठुल्ठुला प्ले कार्डमा अनेक काण्डमा मुछिएका नेताहरुको कार्टुन चित्र प्रदर्शन गरियो । यी प्रदर्शनहरुमा देशका नेताहरुको छाया देखियो । कोहि बिरुप अवस्थाका त कोहि रुप, रङ्ग परिवर्तन भएकाहरुको प्रतिबिम्ब देखियो । यस्तो अवस्थामा देखियो कि नेताहरुको नाम उच्चारण कसैले गरिहाल्यो भनेपनि रगतै ताती हाल्ने दृश्य देख्यौं हामीले सबै स्थानहरुमा । हुनपनि हो हाम्रो देशमा हाम्रा भन्दा नि राम्रा नेताहरु कहीं कतै खोजेर पाउन सकेनौं । अहिलेपनि तिनै झुण्ड मात्रै बारम्बार देखिरहेका छौँ । एउटा पुरानो अनुहार गयो अब त नयाँ अनुहारले त केही गर्ला कि भन्ने आशा जगाएको थियो त्यो पनि निरासमा परिणत हुन पुग्यो । अनेकन काण्डै काण्डले देशको गरिमा धमिलिएको छ । काण्ड नमच्चाउने कुनै पार्टी रहेन आज । युवाहरुको जोस, जागर हराएर गयो । भएका बचेखुचेका तरुणहरु सबै बिदेशिन बाध्य भए । अहिले गाउँ घरमा कही कतै पनि युवायुवतीहरु खोजेर पाइन्न । आफ्नो हातमा स्नातकोत्तरसम्मको सर्टिफिकेट हुँदासम्म राम्रो जागिर पाउन मुस्किल छ । जागिर नपाएपछि के गरुन, न जमिन न प्रसस्त रकम छ । यस्तो अवस्था भएपछि बिकल्पको खोजिमा छन युवाहरु । बिकल्पको खोजिमा छन् धेरै । यस्तो भएपछि जून आए नि कानै चिरेका भन्ने प्रतित भएको छ नेपाली जनजनमा । कँहीं शान्ति भन्ने छैन । तस्कर, भूमाफिया, दलालहरुको बिगबिगी छ । एउटा लाजमर्दो कुरा त जो सुन तस्कर, नक्कली भूटानी शरणार्थी काण्डमा , शितल निवास काण्डमा मुछिएका ब्यक्तिहरु हुन , आज तिनैले सबैभन्दा ठूलो पद पाएका छन । खुलमखुल्ला निर्वाध रूपमा हिडडुल गरिरहेका छन् । तिनीहरूलाई कुनै कानुनले छुँदैन । छुन्छ त तिनै गरिव, दुःखी भरियाहरुलाइ । २०४६ सालदेखि अहिलेसम्म नेपाली जनताले पाएका उपलब्धि केके हुन, के पाए त ? रोग, भोक , अशिक्षा, गरिबी, बेरोजगार मात्रै पाए । यतिसम्म बुझ्दा र जान्दासम्म नेपाली जनताको चक्षु बन्द छ । कोहि आवाज उठाउदैनन् । सुख सुबिधा नेताहरूले पाए अनि रित्तो हात पाए जनताले । यस्तोसम्म हुँदा जनताले जनमत दिए नेताहरूलाई तरपनि सद्बुद्धि भने पलाएन जनताहरुको । जतिभनेपनि जति चेतनाले जनताको मगज भरेपनि आज कति कुसाग्रबुद्धि भएका जनता कोहि भएनन् । वास्तवमा जनतालाई लौह पुरुष गणेशमान सिंहले …..खाने जनता भनेर त्यसै भनेका रैन रहेछन् । राम्रोमा नि ट्याप ट्याप नराम्रोमा नि ट्याप ट्याप त्यसै भन्या होइन रहेछनन् । हामी जनताको आँखामा छारो हलेर त्यसै ब्रह्मलुट मच्चाएका रैनरहेछन भन्ने कुरा र सातवटा प्रदेशमा पटकपटक भएको सरकार बनाउने र ढाल्ने प्रवृत्तिले देशलाई कसरी दोहन गरेका रहेछन भन्ने कुराको प्रतित हुन्छ । हो, आज यस्तै – यस्तै समय सापेक्ष लेख तपाईंहरु समक्ष लेख्दैछु जुन समयको जल्दोबल्दो यथार्थ पनि हो । प्रसङ्ग बदलौ ्र वास्तवमा हाम्रा नेताहरु किन जनतालाई बन्धक बनाएर बिलासी जीवनमा रमाइरहेका छन ? भन्ने बिषयवस्तु आज मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सरकारी आवासको तालाचाबी किन दिदैछ ? बर्तमान सरकारले भन्ने विषय यतिबेला जनचासोको बिषय बनेको छ । जताततै जतासुकै सुख सुबिधाभित्र सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डौ आउँदा बसोबासका लागि संघीय सरकारले आवासको ब्यबस्थापन गर्दै आएको हुँदा उनीहरूको बसोबासमा मात्र मासिक ७ लाख ७० हजार खर्च हुँदै आएको थियो भने बार्षिक झन्डै ९३ लाख ब्यहोर्दै आएको थियोे हिजोका दिनमा । अब भन्नुहोस त राज्यको यतिका रकम दोहन गर्दै जाने मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाइ राज्यले भौतिक सुख सुबिधा दिएको रै छ यहाँ भन्ने अड्कल गर्नुहोस त, एकछिन । हामीलाई सुन्दै रिस उठेर आउँछ तर के गर्नु राज्यका माथिल्लो निकाय नै लुटतन्त्रवादीमै नतमस्तक भएर बसेको छ अनि हामीले बोल्ने के त ? हामी बोल्न सक्ने अवस्थामा छांै तर हामीलाई हाम्रै पार्टीले कार्वाही गर्ला कि भन्ने सन्तापमा छौँ ,हामी । यही भएर हामीलाई बोल्न सक्ने अधिकार त छ नै तर “ तंै चुप मैं चुप “ हामी बोल्नै नसक्ने भएका छौ । हामीलाई भूत चढेको छ आफ्नै पार्टीको अनि नेताको । हिजो यस्तो थिएन सहीलाइ सही, गलतलाइ गलत छुट्ट्याउन कसैको करकापमा बोल्नुपर्दैन्थ्यो । जब लोकतान्त्रिक गणतन्त्र आयो नि अनि छाडातन्त्र मौलाउन थाल्यो । यस्ता बिकृति र बिसङ्गति विरुद्धमा हामी एकताबद्ध भएनौ हामी गोटी बनाए आफ्नै नेताले । आज भजने कृतनेहरु अझैपनि अदृश्य तरिकाले लागेकै छन् कि हिजो ढलिमलि गरेर कमाएको विरासत अझैपनि नगुमोस । अझै लुटतन्त्र मच्चाऔं, ढलिमलि गरौं ्र सत्तामा टासिइ रहौ अनि एउटा सत्तालाई सत्ताच्युत गरौं भन्ने अपराजित सोचले गर्दा देश यतिबेला अनिर्णयको बन्दी भएको छ । अहिले यतिसम्म नाटक गर्दैछन् कि प्रदेशका मुख्य मुख्य मन्त्री र प्रमुखले आवास भवनको सुबिधा पाएपछि नागरिकले सेवा प्रवाहबाट मुलुकको संघीयतालाई संस्थागत गराउने अपेक्षा हिजोआज गाइगुइ सुनिदैछ । अर्को कुरा उनीहरूले आवासपाएपछि संघीयताको प्रभावकारिता बढ्ने दावी समेत गरेका छन् । तर संघीयता कार्यन्वयनमा प्रभावकारिता देखिने तर्क कति सही छ त्यसको भने विवेचना अब सबैले बुझेर गर्नु जरुरी छ । प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा मात्र संघीयता मजबुत हुन सक्छ । त्यस्तै भवन निर्माण समयमै नसकिने, ठेक्काको म्याद थपिइराख्नुपर्दा लागत रकम बढ्ने, अनुगमनको कमी, सार्वजनिक ऐन नियमको व्याख्या कतिपटक म्याद थप गर्दा भवन निर्माण कार्य सम्पन्न नहुने । ठेकेदारले निर्माण कार्य नै छाड्नेजस्ता समस्याबाट मुक्त हुन हिजोदेखि आजसम्म धेरै ठाउँमा काम कार्य नसकि ठेकेदारहरु तर्किने गरेको हुनाले पनि समयसीमाभित्र यस्ता आवास लगायतका राष्ट्रिय योजनाका बाटोहरु समेत बन्न नसकेको अवस्था बिद्यमान रहेको हुनाले समयसीमाभित्र यस्ता योजनाहरु तत्काल बन्दै जाउन् । जे होस जस्तो होस बिलासी जीवनमा अब रमाइरहने मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सरकारी आवासको तालाचाबी दिने काम सरकारले गरिसकेको हुनाले आज भोकभोकै छटपटाहटले कतिको ज्यान गइरहेको छ सरकार । उनीहरूलाई नि मल्हम पट्टि लगाउने काम बर्तमान सरकारले गर्न सकोस । सुकिलामुकिलाहरुको लागि आवास भन्दा नि गरिबीहरुकालागि छाना, नाना र दानाको ब्यबस्था बेलैमा हुन सकोस् ।
omgautam497@gmail.com