दमक÷ तेस्रो देश पुनर्वास भएका भूटानका २ युवा सर्जकको पछिल्लो संयुक्त प्रयास स्वरुप एउटा आधुनिक गीतको भिडियो शुक्रवार सार्वजनिक भएको छ ।
अष्ट्ेलियामा रहेका साहित्यकार प्रकाश धमलाको शव्द र अमेरिकामा रहेका गायक किशोर शिवाकोटीको स्वर तथा संगीतमा गीति कोशेली ‘गुञ्जन’ को पहिलो कोशेलीका रुपमा ‘गुनासो’ को शुक्रबार अनलाइन सार्वजनिकिकरण भएको हो । ।
भिडियोको झापा र मोरङका विभिन्न स्थानमा सुटिङ भएको थियो । भिडियोमा अञ्जल कटुवाल र नग्मा श्रेष्ठको अभिनय रहेको छ । लामो समय झापामा भूटानी शरणार्थीका रुपमा नेपालमा रहँदा सृजना क्षेत्रमा लागेर उर्जाशील बन्दै गएका प्रकाश र किशोरीले जहाँ पुगेपनि नेपालीपन र नेपाली मनलाई आत्मसाथ गर्दै सृजनामा लागिपरिरहने वताएका छन् । । प्रकाशले आफ्नो शब्दका अन्य गीतहरुमा अन्य गायक गायिकाहरु पनि समेटिन सक्ने समेत सम्भावना रहेको जनाए ।