विचार/वहस

राजनीतिकर्मी प्रति बढ्दो अविश्वास

सरकार, संविधान र बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको मन्त्रिमण्डलको सरोकारको विषय बनेको छ । देश भित्र राजनीतिक दलहरु बनाउने र देशभित्रका यावत समस्याहरुलाई उठाई रहने प्रवृत्तिले गर्दा स्थापित राजनीतिक शक्तिहरुलाई अप्ठयारोमा पारि रहने दबाबमूलक राजनीतिले गर्दा नेपाली राजनीतिमा ‘शठै शाठ्यम समाचरेत्’ अर्थात् मूर्खहरु प्रति मूर्खतापूणर् व्यवहार देखाउनुलाई अनुचित मान्न छाडि सकिएको छ । समाचारपत्र, दृश्य-अदृश्य खबरहरु, भिडियो, टीक टकहरुमा राजनीतिक टिका टिप्पणीहरुले गर्दा एउटा भ्रमबाट पारै नपाई समाचार जगतले दुनियाँलाई अर्को भ्रममा पार्दै आप्mनो समाचार जन-जनसम्म प्रचार प्रसार गर्दै जाने अभियान त चलाई राखेको छैन भन्ने नयाँ नयाँ संभावनाहरु जन्माई रहेका छन् । जात-भात र पहिरन तथा पोशाक, भाषा र भेषका कुराहरुलाई जहिले पनि सत्तामा पुग्ने भर्‍याङ मात्र बनाई रहँदा जनताको मनबाट राजनीतिमा लाग्नेहरु प्रति अविश्वास र अनिश्चयको तुँवालो पैmलिनुलाई निश्चित रुपमा राम्रो मानिँदैन । आजको दिनमा नेपाल विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ भएको देशका रुपमा परिचित छ । पर्यटन प्रर्वद्धन गरेर देशलाई विदेशी मुद्राको भण्डार गर्ने योजना जहिले पनि सरकारको प्राथमिकतामा रहन्छ । तर विश्वमा ‘माउन्ट एभरेष्ट’ को नामले चिनिने सगरमाथा सर्वोच्च हिमशिखरमा वैज्ञनिक व्यवस्थापनको अभाव छ । विश्वको एकमात्र सर्वोच्च हिमशिखर सगरमाथा भगवान शिव र सती विचरण गर्ने पवित्र स्थलको आस्थाको पनि केन्द्रविन्दु मानिन्छ । आज विश्वका हिमआरोही हरुबाट आक्रन्त भइरहेको छ । ब्रिटिशहरु भारत छोडेर गए पनि उनीहरुबाट धर्मान्तरित हुने हिन्दुहरुलाई आप्mना पूर्वजहरुले अंगालेको मूल धर्म भित्र फर्काउन कुनै प्रयासनै गरिएन । आज भगवान शिव र पार्वतीको जन्म स्थल र क्रीडा स्थल अन्य धर्मावलम्वीहरुको आवागमनले अपवित्र बनाउन थालिएको छ र यस सम्बन्धमा सरकारको ‘पर्यटन मन्त्रालय’ संग कुनै सूचना छैन ।
आज पहाडका कुना काप्चा सम्म ‘चर्च’ हरु धेरै संख्यामा स्थापना भई रहेको देखिन्छ तर हिन्दु सनातन धर्मावलम्बीहरुको आध्यात्मिक उभयन र पूर्वजहरुको संस्कृतिलाई जगेर्ना गरी विदेशबाट आयातित र मात्र धर्मान्तरणबाट अन्य धर्महरुलाई अंगालेका मतिभ्रष्ट र पथभ्रष्टहरुलाई कुमार्गबाट सुमार्गमा ल्याउने कुराप्रति सरकारमा कुनै चेत छैन ।
आज देशको आध्यात्मिक र सांस्कृतिक उर्जा पतनोन्मुख दिशा तिर अगाडि बढि रहेको छ । समाज, सरकार, सभ्यता, शिष्टाचार, परम्पराहरुलाई अक्षुण्ण बनाएर राख्ने कुराहरु प्रति पदार्थवादीको बाटोमात्र अंगालेको हुनाले हिन्दु धर्म आज साँच्चै मृत्यु शैय्यामा पुर्‍याउन लागिएको त होइन भन्ने संकेत देखा पर्न थालेको छ । शिक्षा प्रणलीलाई मानिस बिचको आध्यात्मिक ओजलाई हरेक व्यक्तिको हृदयमा व्याप्त हुने भगवान कृष्णको पारलौकिक उर्जासंग जोड्न सकिएकोे छैन । मिथिला लुम्बिनी पशुपतिनाथका प्रभावहरुसंग सम्पूणर् मानव जाति र मनलाई जोड्ने प्रयास गरिएको छैन । राजनीतिमा संव्याप्त रहेको तुच्छताले समाजमा निकृष्ट विचारहरुको उत्पादन मात्र गरिरहेको देखिन्छ, जसले गर्दा समाजमा गुरु, शिक्षक, विद्वानलाई अनादर पूर्वक व्यवहार गर्ने गरेका कुराहरु सार्वजनिक भई रहेको छ । सरकार संग संस्कृति मन्त्रालय पनि छ, तर सरकारमा असल संस्कारहरुको संवनद्र्धन गर्ने संस्कृतिको अभाव छ । नेपाल धर्म निरपेक्षताबाट विश्वका सनतान धर्मावलम्बीहरुलाई पुग्न सक्ने अपूरणीय क्षतिहरु बारे सरकारमा बस्नेहरुलाई कुनै चिन्ता छैन । दुनियाँमा मुसलमानहरुका लागि इस्लामिक राष्ट्रहरु, इसाईहरुका लागि मिसनरी इसाई राष्ट्र छन् जसले गरीब देशहरुमा धर्मान्तरणको लागि ठूलो बजेट विनियोजन गरेका छन् । आज बुद्ध जन्मेको देशमा बुद्धिज्मका आदर्शहरुलाई राजनीतिको रक्षा कवच बनाउने कुराहरुबारे देशका राजनीतिज्ञहरुलाई कुनै ज्ञान छैन । सत्ता र स्वार्थका लागि कुदिरहने लोकतन्त्रवादीहरुले पैmलाईरहेको अलोकतान्त्रिक विचारहरुले गर्दा देशमा नयाँ विचार, नयाँ ज्ञान, मौलिकता, विशिष्ट पहिचान, भाषाको सम्मान र सार्वभौमिक सत्यका कुराहरुको पृष्ठपोषण गरिरहने कुराहरु सँधै विवादास्पद बन्ने गरेको देखिन्छ । आज देशमा विश्व स्तरीय ज्ञान र प्रतिभालाई दिशा निर्देश गर्ने कुराहरु नेपालबाट हराइरहेको छ, मौलिक साहित्य सिर्जना विचार र दृष्टिकोणहरु विम्वहरु देशका धरातलीय विचारहरुलाई विश्वको अगाडि राख्न सकिएको छैन । मधेशलाई अंकुश लगाएर नियन्त्रण गरिएको छ । राज्यलाई परनिर्भर बनाउन खोजिएको छ । देशका स्रोत साधनहरुको उपयोग र जनसाधनहरुको वैज्ञानिक परिचालन गर्ने कार्यहरु उठाननै गर्न सकिएको छैन । आफ्नै स्वाभिमानबाट जागृत हुन सक्ने, माटोको गुण, धर्म र विशेषताहरुको आधारमा उत्पादनका विशिष्टताहरुलाई बजार प्रणालीको आधार बनाउने कुराहरु अहिले पनि गाउँ खाने कथा बनेको छ । यस्तै प्रवृत्ति कोशी र अन्य प्रदेशहरुको पनि रहेको छ । प्रदेशहरुको सिमाना निर्धारणमा कुनै तजविज छैन । संघीय सरकारले सत्ता समीकरणको गोटी फेर्न र आफ्नो दल अनुरुपका नीतिहरु अंगीकार गर्न मात्र संघीय कानुनहरुको प्रयोग गरिरहेको छ । दुनियाँका देशहरु बीचको दूरी घट्दैछ । निजीकरण, नवउदारवाद, खुला बजार व्यवस्था र विकास रणनीतिमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका कुराहरु तीव्र रुपमा विकास भइरहेको छ । तर नेपाल यी र यस्ता सबै कुराहरु बाट ओझेलमा पर्दैछ । आज नेपाली काँग्रेसले खडा गरेको समाजवाद, कम्युनिष्ट आन्दोलन र माओवादी जनआन्दोलनले उठाएका समाजवादका मुद्दाहरु जनताको कुनै पनि तह र तप्कालाई मलजल गर्न सकेको छैन । भूमिहीन मुसहरहरु, दलितहरु, महिलाहरु, मधेशीहरु, कणर्ालीवासीहरु अझै पनि झर्ला र खाउँला जस्ता सोचहरुमा बाझिरहेको देखिन्छ । तर राज्यका संचालकहरुले सोच्नुपर्ने कुरा के छ भने देशका नियामक संस्थाहरु बीच शुद्धीकरणको कुरा स्थापित हुन सकेन भने संविधान आफ्नो लागि खनेको खाडलमा आफैँ परेन भने सरकार संवेदनशील भएर जनताका मुद्दाहरुमा जागरुक र जुझारु प्रवृत्ति देखाउनै पर्दछ । संघीय सांसद अमरेश कुमार सिंहले संसदभित्र अर्धनग्न भएर देशको अवस्था बारे चेतावनी दिइरहँदा धेरै सांसदहरु उनीविरुद्ध खनिएको जस्तो देखिन्थ्यो, तर संविधानको रक्षा गर्नुपर्ने सांसदहरुले संविधानको सपथ खाएर पनि अनीति र विभेदको पक्षमा लागेर सत्ताको दोहन गर्ने कार्यमा लागिरहे भने देशमा अविश्वसनीय र कहालीलाग्दो घटनाहरुको निरन्तरतना बढ्न सक्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विश्व रंगमञ्चमा निष्तेज भइरहेका देखिन्छन् । उनले आफँै पारित गर्न खोजेका प्रस्तावहरु धुलाम्य बनेको छ । देशको आर्थिक वातावरणले अनुकुल वातावरण निर्माण गर्न सकेको छैन । देशको आर्थिक नीतिहरुमा भ्रष्ट र प्रपञ्च गर्नेहरुको विगविगी छ । देशका आर्थिक संरचनाहरु विश्रृंखलित हुन थालेका छन् । देशका आर्थिक योजनाहरुमा सर्वव्यापक सोचको अभाव छ । आर्थिक प्रणालीहरु उपलब्धि विहीन अवस्थामा छन् । देशभित्र आयातित वस्तु र सेवाहरुको बाहुल्यता छ । देशबाट प्रतिभा पलायन हुने क्रम तीव्र छ । देशको न्याय प्रणाली निष्तेज छ । ‘ सामाजिक न्यायमा असमावेशीकरण भरिभराउ छ । सत्ता गठबन्धनमा राष्ट्रिय हितको औचित्य शून्य प्रायः छ । भागबण्डामा मन्त्री बन्न पाउने र दृश्य-अदृश्य कारोबारहरुबाट आफ्नो स्वार्थ शोषण मात्र गर्ने गरिएकाले देशका वौद्धिक वर्गहरुमा विचलन र निराशा साथै सरकार प्रति तीव्र आक्रोश छ ।

Author

You may also like