मुख्य

दमक फुड फेस्टिबल समापन

पूर्वसन्देकर्मी दाहाललाई सम्मान तथा पुरस्कार

दमक/ होटल व्यवसायी संघ दमकले नवौं दमक फुड फेष्टिबल–२०७९ समापनको अवसरमा यस पूर्वसन्देशका पत्रकार पंकज दाहाललाई सम्मानित एवं पुरस्कृत गरेको छ । विभिन्न समयमा भएका होटल व्यवसायीहरुका गतिविधि तथा फुड फेष्टिबलका बारेमा प्रभावकारी समाचार सम्प्रेषण गरेको भन्दै सम्पादक दाहाललाई सम्मानित एवं पुरस्कृत गरिएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र दंगाल, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल तथा प्रदेश महासंघका सल्लाहकार ज्ञान बहादुर कार्कीले पत्रकार दाहाललाई संयुक्त रुपमा सम्मान पत्र सहित नगद ५ हजारले पुरस्कृत गरे ।
संघले कोरोनाकाल बाहेक हरेक वर्षजसो होटल व्यवसाय र पर्यटन प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल आयोजना गर्दै आएको छ । यस वर्ष यही फागुन ११ देखि १९ गतेसम्म दमक नगरपालिका–७ स्थित पुरानो पशुहाट रहेको स्थानमा फुड फेष्टिबलको आयोजना गरिएको थियो । शुक्रबार साँझ भएको समापन कार्यक्रममा फुड फेष्टिबलमा विभिन्न ढंगले सहयोग गर्ने स्टल व्यवसायी र प्रायोजकहरुलाई पनि प्रमाण पत्रले सम्मानित गरिएको थियो । फुड फेष्टिबल आयोजना गर्दा विभिन्न खालका समस्या र चुनौतीहरु रहेपनि तिनको सामना गर्दै कार्यक्रम सफल भएको होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र दंगालले बताए । कार्यक्रमको अध्यक्षता गरेका आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले फुड फेष्टिबल सभ्य र भव्य रुपमा सफल भएकोमा सम्पूर्णलाई धन्यवाद दिए । होटल व्यवसायी संघ झापाका कोषाध्यक्ष रमेश थापा मगको विशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन संघका महासचिव तथा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपाने र स्वागत मन्तव्य संघकी कार्यसमिति सदस्य शकुन्तला कार्कीले राखेकी थिइन् । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, होटल व्यवसायी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । शुक्रबार साँझ भने ¥यापर तथा गायक जि बबको साँगीतिक प्रस्तुति रहेको थियो

Author

You may also like