गौरादह/ स्वर्गीय डिठ्ठा नरबहादुर बस्नेतको १ सय ३ औं जन्मजयन्तीको अवसरमा उनको सम्झनामा लेखिएको पुस्तक डिठ्ठा नरबहादुर स्मृति ग्रन्थको गौरादहमा विमोचान गरिएको छ । डि. नर बहादुर बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विकास निर्माण र समाज रुपान्तरणका क्षेत्रमा नर बहादुर डिठ्ठाले पु¥याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य दिपक कार्कीले कार्यक्रमको उद्घाटन गर्दै गौरादहका संस्थापक जनप्रतिनिधि स्व. नरबहादुर डिठ्ठाले निधन पश्चात् पनि सम्झन लायक काम गरेको स्मरण गराएका थिए ।
सकारात्मक सोच र समाज रुपान्तरणका साथै गौरादहको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका डिठ्ठा नरबहादुरले गौरादहलाई कर्मथलो बनाई सामाजिक न्यायको सिद्धान्त अपनाएकाले अहिलेका जनप्रतिनिधिले पनि सोहि नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका थिए । प्रगति मा.वि.का शिक्षक माधव निरौलाले पुस्तक समीक्षा गर्दै नर बहादुर डिठ्ठाले समाजमा पु¥याएका योगदानको डिठ्ठाबहादुर ग्रन्थमा उल्लेख गरिएको जानकारी गराएका थिए । जानकीश्वर शिवालय मन्दिरमा आयोजना गरिएको कार्यक्रममा डिठ्ठा नरबहादुर र श्रीमती जानुका बस्नेतको सालिक अनावरण गरिएको थियो । त्यस अवसरमा प्रतिष्ठानलाई सहयोग गर्ने महानुभावहरु र अक्षयकोष दाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने अक्षयकोष दाताहरुमा रोहित बस्नेत, सूर्य प्रसाद भट्टराई, राम प्रसाद सिटौला, फडिन्द्रराज दाहाल, नवराज कार्की, ललित बहादुर राया, केशव प्रसाद ढुंगाना, दाताराम ढकाल, देव नारायण दंगाल राधा, तारा र सुजन, पुरुषोतम गौतम, मुकुन्द कार्की, कर्ण बहादुर कटुवाल, दिर्ग सिंह सुवेदी, शिक्षक पुष्पराज गुरागाँई, पुजारी पशुपति गुरागाँई रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष सुरेश बहादुर पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश नं –१ का प्रदेश सांसद अमर बहादुर बिष्ट, वडा नं १, २ र ३ का वडाध्यक्षहरु क्रमशः नगेन्द्र भण्डारी, गोपाल प्रसाद कोइराला र दिलीप कुमार भण्डारी, गौरादह विराटनगर सम्पर्क समाजका अध्यक्ष ईन्द्र न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक बद्री कुमार, निलम र कमला बस्नेतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव दिपक सुवेदीले गरेका थिए ।