दमक/ झापाको दमकस्थित न्यू नव दुर्गा ज्वेलर्सका सञ्चालक सन्देश कालिकोटे र काजी राउतको सक्रियतामा २० जना विपन्न विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । कालीकोटे र राउतले दाताहरुले प्रदान गरेको सहयोग सामग्री इलामको चुलाचुली–१ स्थित जनता माविका ति विद्यार्थीलाई प्रदान गरेका हुन् । विद्यार्थीहरुलाई न्यानो स्वीटर, टोपी, ट्राउजर र मोजा सेट प्रदान गरिएको राउतले जानकारी दिए । ति विद्यार्थीलाई कूल १७ हजार रुपैयाँ बराबरको सहयोग सामग्री विद्यालयमा नै पुगेर हस्तान्तरण गरिएको थियो ।
यसैगरी, मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका संस्थापक अध्यक्ष डिल्लिराम कट्टेलको सम्झनामा नातिनि सृजना कटेलले आफूले १ वर्षमा पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकमले १०० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा हस्तान्तरण गरेकी छन् ।