लेख विचार/वहस

कुश आसन ,कुशासन र राजनीति

  संसारमा धर्म र संस्कृतिलाई कम्युनिष्टहरुले जतिसुकै उपहास गरेपनि धर्म र संस्कृति प्रति अविचल श्रध्दा राख्ने मानिसहरुको कमी छैन । भारतमा भारतीय माक्र्सवादी कम्युनिष्ट पार्टीका संस्थापक र जन्मदाता नम्बुदरीपादले आप्नो छोरोको नाम भगवान सोमनाथको नामबाट सोमनाथ चटर्जी राखेर आफू हिन्दु धर्म र संस्कृतिलाई आदर गर्ने कुरा स्वीकार गरेका थिए ।

         =========================

    सत्येन्द्र लाल कर्ण

जनै र धोती फेरेर कुशको आसनमा बसी तपस्या गर्ने ऋषिमुनि देखि राजा महाराजा सम्म शक्ति ,सत्ता , सिध्दि र भोगका लागि अनैकौं किसिमबाट भक्ति र निष्ठाका साथ भगवानको साकार र निराकार रुपको स्मरण , जप तप ,पूजा पाठ ,अनुष्ठान ,हठयोग ,उपवास र तान्त्रिक विधिहरुबाट कठिन भन्दा कठिन साधना गरी जीवनमा अगााडि बढेको इतिहास हामी पढन पाउँदछौं । राजा भोजदेखि भोजवा तेली र जनकदेखि अष्टावक्र तथा बुध्द सम्मका आत्मज्ञानीहरुले जीवन जगत र आत्मालाई बुझ्ने प्रयास गरे । संसारका मानव जातिको कल्याणका लागि धर्म ,कर्म ,दान ,दया ,परोपकार गरेर संसारको मार्गदर्शन गर्ने प्रयास गरे ।राजा विक्रमादित्यको कथा विक्रम र बैताल कथा मात्र होइन ,यो हाम्रो संस्कृति र पुरुषार्थको अमूल्य धरहरा पनि हो, जसलाई अध्ययन गर्ने र जसबाट शिक्षा लिनु खास गरी नया पुस्तालाई जरुरी छ ।

नेपालमा हिन्दु राष्ट्र छँदासम्म धेरैजसो राजा, महाराजाहरु, मन्त्रीहरु धर्मकर्ममा आस्था देखाएर जनता माझ लोकप्रिय बन्ने र देशको सार्वभौम सत्ताको प्रयोग गर्ने अभ्यास गरे । आजको परिस्थितिमा राजनीतिले धर्मलाई निरर्थक ,बेकामे ,ढोंग जे भन्दा पनि नेपालको सन्दर्भमा बुध्द जत्तिको उचाइ र मानवताको मानसरोवर जत्तिको गहिराई भएको सेतु बनाउने महान आत्माहरुले देशको जल ,जमिन र जंगल तथा सृष्टिका सबै जीवित प्राणीमा परमात्माकै रुप भएको अनुभव गर्नु जरुरी छ । निश्चय नै धर्म कार्ल माक्र्सले भनेझै अफिम अर्थात् नशालु पदार्थ हुन सक्दैन । मृत्यु पश्चात्को जीवनलाई नास्तिकहरुले स्वीकार गर्दैनन् ।

कार्ल माक्र्सले विवाद ,संघर्ष र युध्दबाट संसार माथि शासन गर्ने सक्ने र गरीब तथा शोषित र दलितहरु तथा सर्वहारा वर्गको अधिनायकत्व स्थापित हुने कुरालाई ठोकुवा साथ स्वीकार गरेका थिए । तर आजको उपभोक्तावादी समाजमा त्यो पनि गलत साबित भयो । साम्यवाद स्थापनाका लागि रक्त रञ्जित क्रान्तिमार्फत् समानता र स्वतन्त्रताका लागि पुँजीपति र सर्वहारावर्गले एक अर्का विरुध्द उभिरहनु पर्ने कुरामा कार्ल माक्र्सका अनुयायीहरुले आप्नो भविष्य र हारजीतको आंकलन गर्ने गर्दछन् ।

संसारमा धर्म र संस्कृतिलाई कम्युनिष्टहरुले जतिसुकै उपहास गरेपनि धर्म र संस्कृति प्रति अविचल श्रध्दा राख्ने मानिसहरुको कमी छैन । भारतमा भारतीय माक्र्सवादी कम्युनिष्ट पार्टीका संस्थापक र जन्मदाता नम्बुदरीपादले आप्mनो छोरोको नाम भगवान सोमनाथको नामबाट सोमनाथ चटर्जी राखेर आफू हिन्दु धर्म र संस्कृतिलाई आदर गर्ने कुरा स्वीकार गरेका थिए ।शान्तिमा विश्वास राख्ने हिन्दु र बौध्दहरु अर्थ ,धर्म ,काम र मोक्षको लागि अनवरत रुपमा लागि रहने समाज हो, जसले लोकतन्त्र ,समाजवाद र धर्मनिरपेक्षता प्रति प्रतिबध्दता व्यक्त गरेको छ । संविधानलाई सबै अटाउने देशको रुपमा सर्वस्वीकार्य देशभरिका समस्त जाति ,जनजाति ,वर्ग समुदाय र धर्मका व्यक्तिहरुलाई विश्वासमा लिनु जरुरी छ । देशका कम्युनिष्टहरुले दुनियाँलाई अझै झुक्याउने ,बहल्याउने ,फुसल्याउने कार्य नरोकिएकाले कम्युनिष्ट र गैर–कम्युनिष्ट बीच फरक छुट्याउन कठिन छ।

समाजवादलाई अग्रगमनको लागि आवशयक मान्ने पार्टीहरुको सवालमा ठूला ठूला पँुजीपति वर्ग र उद्यमी व्यवसायीहरुको वृहत हित हुनेगरी देशमा उत्पादन ,रोजगारी र देशको आम्दानी बढाउने तथा मजदुरहरुको जीवन स्तर उकास्दैे देशको आय स्तर ,जीवन स्तर र रोजगारी बढाउँदै जाने अभिप्रायका साथ अघि बढिरहेका हुन्छन् ।कुनै कुनै सन्दर्भमा त यस्ता गैर कम्युनिष्ट दलहरुलाई पुँजीपति र दलाल बुर्जुवावादीको पार्टी भनेर पनि आलोचना गर्ने गरिन्छ । जे होस् ,नेपालमा प्रायः जसो गरी सबै राजनीतिक दलहरुको चरित्र र चिन्तन समाजवादी नै रहेको देखिन्छ ।

देशको बहुमूल्य र अमूल्य सम्पदाहरको संरक्षण र क्षय भइरहेको अवस्थामा र ती सम्पदाहरुको परिचालनबाट देशको द्रुत विकासमा मद्दत पु¥याउन सँधेैे पुँजीको कमी भइ रहेको अवस्थामा पनि देशका कम्युनिष्ट सरकारको तरफदारी गर्ने केपी ओली सरकारले ठोरीमा राम मन्दिर बनाउन लगाउने ,भीमसेन थापाको स्मारक भीमसेन स्तम्भ निर्माणमा बजेट सिध्याउने र लुम्बिनीमा हुनुपर्ने विश्वको सबै भन्दा अग्लो बुध्दमूर्ति दमकमा बनाउन लगाउने जस्ता अव्यवहारिक र आर्थिक कार्यहरुबाट आप्mनो मनको रहर पूरा गर्नकै लागि मात्र बनाइएका हुन् भन्ने कुरा सत्य नै हो जस्तो लाग्छ । आज बाबुराम भट्टराई व्यवहारिक लोकतन्त्रमा विश्वास गर्नुहुन्छ ।

माधवकुमार नेपाल संघीयता र लोकतन्त्र माथि आइपर्ने निरंकुशताका विरुध्द जस्तोसुकै त्याग गर्न प्रतिबध्द देखिनु हुन्छ । ंआँधीबेहरी निम्त्याउन सक्ने कमरेडहरुको कमाण्डर प्रचण्ड आप्mनो निधारमा रातो टीका धारण गरी सुकिला मुकिलाको लागि होइन, बरु शोषित र गरीब जनताको हकको लागि संघीयता ,समाजवाद ,समावेशिता र धर्म निरपेक्षताका आधारभूत मूल्य र मान्यताहरुलाई देशको संविधानमा स्थापित गरी सँधैका लागि देशमा शान्ति ,स्थिरता र विकासको मार्ग प्रशस्त गराउने कुरामा अडिग हुनुभएको छ । यसरी देशमा एउटा नयाँ अवसर सृजना भएको छ जसमा ओली सरकारको पतनपश्चात् देशलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पका साथ अगाडि बढ्ने संभावना बढेर गएको छ ।

देशको मध्मम वर्गलाई देशको मियो ठान्ने नेपाली काँग्रसले संसदमा विश्वासको मत प्राप्त गरेपछिको अवस्थामा लोकतन्त्रको संरक्षण गर्ने जिम्मा लिएको सरकारको हो जसमा अरु पनि दलहरु पनि समावेशी सरकार बन्ने कुरामा निश्चिन्त रहेको देखिन्छ । यो सरकारले देशबाट प्रतिगमनले शिर उठाएर हिंडन नसक्ने ,देशमा सुशासन स्थापित हुने संविधान र विधि अनुसार देशका सबै नागरिक प्रति न्याय गर्ने ,रिस, राग र पक्षपात रहित ढंगले समावेशी र संघात्मक राज्य प्रणालीको विकासमा योगदान पुर्याउने ,संविधानलाई पूर्णता प्रदान गर्ने लगायतका कुराहरुमा जनतालाई आश्वस्त गराइरहेको अवस्था छ ।

देशलाई अतीतका सत्ता लम्पटहरुले धेरै नोक्सानी पु¥याए । देशभित्र आधुनिकीकरण गर्न औंलामा गन्न सक्नेगरी कुनेै पनि काम हुन सकेन । परम्परागत जातीय संगठनहरुको बलमा चुनाव जित्ने दाउपेंच खेलको प्रारम्भ भयो । देशलाई आप्mनो बलबुताबाट चलाउन नसक्ने गरी परनिर्भर राष्ट्रका रुपमा अगाडी बढाइयो । देशको मूलधार बन्न सक्ने विचारका जनतालाई मधेसी पहाडे भनेर छुट्याउने कार्य गरियो । अनाहकमा नागरिकहरु माथि गोली बर्साएर मार्ने काम गरियो । यस्ता कार्यहरुबाट लोकतन्त्र मात्र होइन ,देशका नेताहरुको छवि पनि नश्लवादी र विभेदकारी हुन पुग्यो ।

आडभरोसा पाउनु पर्ने जनतालाई पाखा लगाउँदै सुटुक्क आप्mनो मान्छे भर्ती गर्ने परिपाटीको निर्लज्जता पूर्वक प्रवेश गराइयो । देशमा संविधान ,कार्यपालिका ,विधायिका र न्यायपालिका हुँदा–हुँंदेै पनि जनतामाथि निरंकुश व्यवहारलाई राज्य संयन्त्रको मापदण्ड बनाइयो ।देश अझ चुनौतीपूर्ण परिस्थितिमा पुग्न सक्दछ. । देशमा सुधार र परिवर्तन हुनु जरुरी छ , अन्यथा देश त जहाँ हुनुपर्ने हो त्यहीँ रहन्छ, देशका नेताहरु र राजनीतिक दलहरुको भविष्य कहाँ पुग्ने हो भनेर भन्न सकिन्न ।

एउटा सार्वभौम देशले जनतालाई सार्वभौमिकताको अधिकार दिन, सहभागितामूलक राष्ट्रवादको विकासमा सहयात्री बनाउनुमा देशकै गौरव बढ्ने र देशको भविष्य सुरक्षित हुने कुरामा आशावादी बन्न सकिन्छ । घुम्ने मेच माथिको अन्धो मान्छेलाई अबको एक्काइसौं शताब्दीमा देशको नेतृत्व सुम्पिँदा देशको भविष्य जनकपुरको रेलजस्तो नहोला भनेर भन्न सकिन्न । आज देशमा कुश आसन छ , कुशासन छ र देशका जनतलाई सुशासनको दरकार छ । हामीले देश हितमा निर्णय गर्ने बेला आइसकेको छ ।

 

Author

You may also like