दमक/ झापाको दमक–८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तीन बुङ तास, एक लाख ६० हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
दमक–५ बस्ने ३२ बर्षिय पदम लिम्बूले सञ्चालन गरेको होटल पेरुङ्गोमा जुवाजन्य खेल खेल्दै गरेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो साढे ४ बजे छापा मारेर होटल सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालम लिम्बू, दमक–५ का २९ वर्षीय कैलाश लिम्बू, ३३ वर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ वर्षीय द्रोणचार्य कार्की,, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
पक्राउ परेकाको साथबाट तीन बुङ तास र खालमा ओछ्याएको कपडा समेत वरामद गरी आवश्यक कानुनी कारबाहीका इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।.