लेख

मनोविज्ञान, नारी र छुई

दमकबाट सिर्जनाहरु उदाउने क्रम जारी छ । त्यही पङ्तीमा घनश्याम पथिकको दोस्रो उपन्यास छुई उदाएको छ । कविता र गजलमा राम्रो छवि बनाएका पथिक आख्यानमा आउँदा सिर्जना र लेखनको गहिराई झनै बढेर गएको छ ।
रसायनशास्त्री बन्ने आफ्नाे मात्रै नभएर परिवारको समेत सपना बोकेर काठमाडाैंको खाडलमा होमिएका पथिक आफ्नाे पढाई सकेर फर्किँदा सर्टिफिकेट मात्रै हातमा ल्याएर आएनन्, साथमा आफैले सिर्जना गरेका कविता र गजलका पुस्तकका ठेलीहरु पनि ल्याएर आए । यो एउटा अनुपन उदाहरण थियो ‘अन्तर्विषय’ प्राज्ञिकताको, रसायनशास्त्रको मान्छे कवि, आख्यानकार ।
यस अघि पथिकका दुई वटा कविता सङ्ग्रह ‘शहर तिम्रो भए’ (२०६५) र ‘पहेँलो फूल र स्वप्न’ (२०६६) गजल सङ्ग्रह ‘भूल जिन्दगीको’ (२०६९), तथा उपन्यासहरु ‘युनिका’ (२०७२) प्रकाशित छन् । छुई (२०७७) सत्ताइस वटा खण्डमा बिभाजन गरेर संरचनागत प्रस्तुती रहेको यस उपन्यासले नेपालको समकालिन समाज, तिनका अभिशप्त मान्यताहरु र उत्पीडनहरु छोरी मान्छेले चाहेर नचाहेर अंगीकार गर्नै परिरहेको चित्रण गरेको छ । घिसारेर आपूm जता गए पनि लानै परिरहेछ । वास्तवमा हामीसंग भएका पुलिङ्कीय तथा स्त्रीलिङ्कीग तमाम सोच र ब्यवहारहरु सिकाइएका हुन्, जन्मजात होइनन् । सँधै छायाँ बनेर आउने ती भोगाइहरु जीवन्त पारेर टपक्क टिपी यस उपन्यासमा उनेका छन् सुन्दर माला बनाएर ।
मनोवैज्ञानिक नारीवाद
मनोवैज्ञानिक नारीवाद फ्रान्सेली नारीवादी आन्दोलनबाट सुरु भएको हो । हेलेन सिक्सस, लुइस इरिगारी, जुलिया क्रिष्टेभा जस्ता नारीवादी अगुवाहरुले महिलाहरुको बैयक्तिक मनोबृत्तिमा जोड दिए, जुन सामाजिक आर्थिक शक्तिभन्दा माथि हुन्छन् । उनीहरुले निम्न कुरामा जोड दिएः
नारीहरुले आफँैलाई उन्मूक्त गर्न सिक्नु पर्छ ।
माथि रहेको शक्तिशाली र तल रहेको कमजोर देखाउने विषयहरु पुरुष महिला, नर नारी, छोरा छोरी, मालिकनोकर इत्यादि पुरुषवादले निर्माण र नियन्त्रण गरेको जवरजस्त नियम हो, खारेज हुनु पर्छ ।
पुरुषहरुलाई तालिम दिइन्छ, महलिालाई जन्मजात हो भनिन्छ ।
महिलाले के चाहन्छन् त्यो होइन, पुरुषले चाहेको महिलाले चाहिदिनु पर्नेे कुराको विरोध गरौँ ।
पुरुषहरुले दिएको भूमिका मात्रै पूरा गर्नुपर्ने कुराको खण्डन गर्ने ।
यसरी मनोवैज्ञानिक महिलावादीहरुले लैङ्गीक समानताको कुरा उठाए । विभेद भएको कुरा उठाए । आजसम्म पनि उठिरहेका छन् । खासगरी मनोवैज्ञानिक विभेदलाई शरीररचना अनुभव, सङ्कथन, अचेतनको दायराले नारीहरु शोषित भएका हुन्छन् भनेर हेर्न सकिन्छ ।
नेपाली साहित्यमा पनि रुपनारायण सिंहको भ्रमर (१९९३) बाट नारी मनोविज्ञानमाथि पाइला टेकेर उपन्यासहरु लेखिन थालेका हुन् । आजसम्म आइपुग्दा हजारौं उपन्यासकारहरुले यस विचारलाई केन्द्रमा राखेर लेखिरहेका छन् । अझ भनौं साठी र सत्तरीका यी दुई दशक त नारी विषयलाई मनोविज्ञान र भौतिक रुपले अनवरत डिस्कोर्सहरु चले, चलिरहेका छन् ।
छुई मा मनोवैज्ञानिक नारीवादको प्रयोग
क. मनोवैज्ञानिक पीडा र उत्पीडन
प्रस्तुत उपन्यासको एउटी युवा नारीपत्र जानुको प्रथम पुरुष दृष्टिविन्दुमा निर्माण गरिएको छ । उपन्यासको मुख्य पात्र ‘न्यारेटर’ (आख्यानकर्ता) समेत भएको हुनाले उसको पटकथामा ‘आवद्धता’ अनिवार्य रहन पुग्यो । जानुले यही सिलशिलामा अनेकौं मनोविज्ञानिक पीडा, यौन उत्पीडन र मानसिक अन्यौलता र चिन्ताको शिकार हुन पुगेकी छे ।
अत्यास लाग्यो । डर र पीरले एकैचोटि गाँज्यो । तर आप्mनो हातमा छैन आप्mनै जिन्दगीको निर्णय गर्ने साँचो । (पृ. १७४)
ख. नारी संवेगात्मकता
नारी संवेगात्मकतालाई कमजोर सम्झिने वा बुझ्न नसक्नेहरुको त्यो समकालिन समाजमा यस उपन्यासले ती संवेगात्मकताहरुलाई उजागर गरिदिएको छ । जस्तैः
विस्तारै मन कपालमा अड्केको चुङ्गीमा पुग्यो । कपालका जरासम्म कुतिकुती दगु¥यो । फेरि अड्के पनि हुने भैंm लाग्यो । मन थोरै मात्तियो । (पृ. ३६)
ग. संयोगहरुको ताँदो
प्रस्तुत उपन्यास वास्तवमै संयोगहरुको फेहरिस्त बनेको छ । सधैं संयोग परिरहनु, अनि जानुको प्रेम पनि संयोग जानुको केटासंग पर्नु र त्यो प्रेम सम्बन्धलाई आजीवन स्मरणदायी बनाउन विभिन्न समयमा संयोगहरु निर्माण भएका छन् । जानु त्यही विद्यालयमा पढन् जानु, चुङ्गे केटाको चुङ्गी जानुको कपालमा अड्किनु, कक्षमा उनीहरु नै प्रथम र दोस्रो बन्नु, अतिरिक्त क्रियाकलापमा पनि उनीहरु नै हावी हुनु, सपनामा पनि उनीहरुनै घुम्न जानु, हजुरआमा पनि उही बेला बिरामी हुनु, जानुको बिहे हुनेबेलामा उसलाई छुई हुनु र संयोगलाई बिहेको कुरा भन्न नसक्नु, संयोग जानुको बिहेमा काडमाडांैमा हुनु र अन्त्यमा एउटा होनाहार केटाको प्रेमलाई साकार रप दिन नसक्ने वाइयात केटीलाई प्रजनन् क्षमतै नभएको मान्छेको जिममा लगाएर सजाय दिइएको छ । जस्तैः
टाउकोमा के आएर प्mयात्त लाग्यो । के हुनु उही चुङ्गी । चिम्टीमै अड्किएछ । (पृ. ३७)
संयोगसँगको संयोग फेरि मिल्यो, आ — आप्mना् सदनको उपनेता भएर । (पृ. ४६)
घ. दमित मन र सपनाहरु
न्यारेटर अर्थात् आख्यानकर्ता जानुले कक्षा नौ र दश पढ्दा, आपैmँले मन पराएको केटोसंग पलहरु बिताउन रुभ्mनु पर्दा, घरको ‘सपना’ पूरा गर्दा अनि ‘आपूmले रोज्न नपाएको केटासंग’ बिहे गरेर जाँदा, आप्mनै श्रीमान ‘अशक्त’ पाउँदा, अनि त्यही मन उसबेलामा मन भासिएको केटाले आप्mनै डायरीलाई उपन्यास बनाउँदा तर सदाका लागि उसको पर्दा पछाडि जिउनु पर्दा जानुका मनहरु कति दबिए, कति रोए, कति ओइलिएर झरे । जस्तैः
‘आउच् !’ ड्याम्मै कुम ठोक्कियो । छेउमा हेर्छु, संयोग छ । ओहो । जुरुक्क उठें । म त ओछ्यानमै पो छु । उप्m सपना पो । (पृ. ३८)
ङ. सत्यको खोजी र पीडा
आधुनिक मनोवैज्ञानिक ज्याक लकानले भने जस्तो ‘हामी पर्दा पछाडि देख्न सक्दैनौं……किनभने सत्य त समाजले यसरी सिर्जना गरिदिएको छ कि त्यो हाम्रो बुभ्mने क्षमताभन्दा निकै टाढा छ । जानुको जीवन पनि यस्तै सत्यको खोजीमा निकै समय रुमल्लियो । अनि सत्य नभेट्दा हुने ‘ट्रउमा’ अर्थात् मानसिक पीडाको जन्म हुन्छ । जस्तैः
न रुनु, न चिच्याउनु । न कसैसंग झगडा गर्नु । अब के गर्नु ? मनभरि संयोग छ, यथार्थमा अर्कै । (पृ.१७६)
च. विपर्यायहरुको निर्माण
महिलाई अन्य बनाउने कुरालाई, विपरित सम्बन्धको निर्माण, अर्थात् ‘विपर्याय’ लाई पनि ध्वस्त पार्न अर्थात् ‘विपर्यस्त’ गर्न खोज्यो नारीवादी विचारले, जुन आजका मितिसम्म निरन्तर जारी छ । पुरुष ÷ नारी, केटा ÷ केटी, धनी ÷ गरिव, बा ÷ आमा, मालिक ÷ नोकर आदि । जस्तैः
कञ्चनजंघा सदनबाट म…..शशीले सगरमाथा सदनबाट संयोग नाच्ने खबर सुनाई । (हिमालको उचाई पनि पहिलो र दोस्रो ! पृ. ५३)
मलाई आफू फस्र्ट भएर संयोग सेकेण्ड भएको चित्त बुझेन । मेरो नजरमा ऊ सँधै फस्र्ट हुनुपर्छ । मेरो लागि ऊ सँधै फस्र्ट हो ।(पृ. ९७)
छ. हावी भएको पुरुषवाद
प्रस्तुत उपन्यासमा केटी पात्रहरु, खासमा जानु, यस्तै ‘प्याट्रियाकी’ अर्थात् पुरुषवादी अधिनाकत्वको चंगुलमा फँसेका छन् र ती निस्कन पनि सकरिहेका हुँदैनन् । जस्तैः
फेरि मेरो चाहना चाहिं केही होइन ? उसले प्रपोज गर्ने बित्तिकै बिन्तीभाउ र दबावमा मैले ल भनिदिनुपर्ने ? (रनजनले प्रपोज गर्दा जानु रिसाएर, पृ.८२)
केटाकेटीको देखादेख नै नभई एकैचोटि टीकोटालो पो ? (पृ.१७४)
ज. शरीररचना र संस्कृति
लिङ्ग जीवशास्त्रको विषय हो भने लैङ्गीकता सांस्कृतिक विषय हो । महिलाहरुले लामो समयदेखि समाजमा लिएको स्थान जीवविज्ञानको आधारमा नभएर सांस्कृतिक आधारमा निर्माण गरिएको हो । प्रस्तुत उपन्यासमा पनि जीवविज्ञानको भन्दा पनि सांस्कृतिक आधारमा, नारीहरुको शरीरलाई संस्कृतिसंग जोडेर हेरिएको छ, जसले ती नारी पात्रहरु उत्पीडनको शिकार हुन्छन् । उपन्यासमा यस्ता परिवेशहरु निकै छन् । जस्तैः
बिहेको जग्गेमा बसेको बेला उसलाई पनि छुई भएको थियो …. ……..त्यसको चार दिनमै छोरी र ज्वाईंको बस दुर्घटनामा मृत्यु भयो । (जानुलाई बुबाले भनेको कहानी, पृ. ७७)
झ. त्राश
प्रस्तुत उपन्यासका नारी पात्रहरु बिभिन्न खाले त्राशको भुँमरीमा रुमल्लिइरहेका हुन्छन् । त्यो त्रास भनेको नजिक होइने त्राश, टाढा होइने त्राश, अनिश्चय भविष्यको त्राश, आफ्नै शरीरको त्राश, समाज र परिवारको त्राश, यौंन उत्पीडनको त्राश । उनीहरुले संधैं उप—भूमिका, अर्थात् ‘सवअर्डिनेटिङ्ग रोल’ मा रहेर रमाउनु पर्ने हुन्छ । ‘दर्शनशास्त्रमा, महिला जहिल्यै पनि दोस्रो भूमिकामा छ ।’ (लज, २०००ः पृ. २६४)३ जस्तैः
आफूले प्रिय ठानेको मान्छेलाई मनको कुरा पोख्न पनि हिम्मत नहुने, यो कस्तो डर ? (पृ.१६७)
ञ. ‘प्याट्रियाकि’ को जुँघा खौरिएर !
सामाजिक विसंगति, कुरीति र अन्धविश्वासको भूमरीमा फस्दै जाने र फसेको अनुभूत गर्ने जानुहरु उपन्यासको उत्तराद्र्धतिर आइपुग्दा ती ‘प्याट्रिआकि’ अर्थात् पुरुषवादी सोचको जुँघा कमजोर हुन पुग्छ ।
जानुले अन्तर्बोध गरेर महसुस गर्छे कि नारीको लागि शरीररचना स्वाभाविक कुरा हो । यसको कुनै सामाजिक र सांस्कृतिक सम्बन्ध हुँदैन । यो त जबरजस्ती लादिएको एउटा पुरुषवादी दर्शन मात्रै हो ।
जानु आफैले त्यो पुरुषवादले जकडेको समयका रंगहरुका जुँघा यसरी खौरिन पुग्छे अन्तरमन माफर्त
छुई भएको त्यो दिन संयोगलाई सबै कुरा भनेको भए पनि हुने रहेछ । जे हुन्थ्यो —हुन्थ्यो । छुई हुनु भनेको एउटा प्राकृतिक प्रकृया न रहेछ । एउटी महिला आमा बन्न योग्य छे भनेर जनाउ दिने शारीरिक परिवर्तन त रहेछ । (पृ.२५१)
पथिकजीलाई धेरै धेरै बधाई छ ।

Author

You may also like