कला/साहित्य/संस्कृति देश–समाज राजनीति विचार/वहस

नेपालका सबै नेताहरू एकदमै सडेका ब्याक्टेरिया हुन्– हरिवंश आचार्य

Haribansha Acharya

मन्त्रीपरिषद्को बैठकबाट संसद विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रस्ताव सोमबार प्रधानमन्त्री केपी शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अनुमोदनका लागि पुर्याए भने राष्ट्रपति भण्डारीले पनि फटाफट त्यसलाई अनुमोदन गरिन् र संसद् विगठनको घोषणा भयो ।

योसँगै नेपाली राजनीतिक बृत्तमा नयाँ तरंग देखिएको छ ।

संसद् विगठनको कदम असंवैधानिक भएको भन्दै सामाजिक सञ्जालमा यतिबेलो प्रधानमन्त्री ओलीको चर्को विरोध भरहेको छ ।

भने कतै ओलीको समर्थनमा जुलुशहरु पनि निस्किएका छन् ।

नेपाली चलचित्रका कलाकारहरुले पनि प्रधानमन्त्री ओलीको कदमले देश अस्थिरतातर्फ प्रवेश गरेको उल्लेख गरेका छन् ।

संसद विघटनको खबर सार्वजनिक भएसँगै कलाकार दीपकराज गिरीले दुई तिहाइको सरकार पनि दुई तुहाई भो भनेर उल्लेख गरेका थिए ।

उनले, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर सामाजिक संजालमा स्टाटस लेखेका थिए ।

नेताहरुलाई धिक्कार छः हरिवंश

हाँस्य कलाकार हरिवंश आचार्यले अनलाइनखबरसँग कुरा गर्दै नेताहरुलाई धिक्कार छ भनेका छन् ।

उनले भने–‘यो कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस हो । यो देशका लागि दुर्भाग्यपूर्ण कदम भयो ।

यसमा यो नेता र त्यो नेता भन्ने नै छैन । सबै नेताहरु खराब ब्याक्टेरिया हुन् । जसले जनताको हितका लागि केही पनि सोचेनन् ।’

हरिवंशले निर्वाचनमा भोट नहाल्दा प्रजातान्त्रिक पद्धती नै विग्रने भन्दै तर भोट कसलाई हाल्ने भनेर चिन्ता व्यक्त गरे ।

उनले भने–‘सबै नेताहरु उस्तै छन् । भोट कसलाई हाल्ने ? यी नेताहरुको साटोमा अर्को तानाशाहा जन्माउनु भनेको देशका लागि झनै घातक हुनसक्छ ।

यसैले, प्रजातान्त्रिक पद्धती विश्वमै सबैभन्दा उत्तम हो । तर, नेता खराब पर्दा जनताले दुख पाए ।’

कहाँ छ देश प्रेमः करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले पनि प्रधानमन्त्री ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिक्रिया दिदै कहाँ छ देश प्रेम भनेर उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘कठै नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जान सक्नेहरुको तमासा हेरेर बस्न वाध्य छौ ।

यहाँ कहाँ छ देश प्रेम ? कहाँ छ जनताको भावनाको कदर ? कहाँ छ उनीहरु आफैले गरेको प्रतिवद्धता ?’

करिश्माले जनताको भावनाको कदर नभएको र नेताहरुले आफैले गरेको प्रतिवद्धता पुरा गर्न नसकेको प्रतिक्रिया दिएकी छिन् ।

नेपाली चलचित्रका कलाकारहरुले यो बिषयमा विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

नायक रमेश उप्रेतीले नेपालमा अबको ३० बर्षसम्म जहानिया साशन लागू हुनुपर्ने उल्लेख गरेका छन् ।

जनताले दिएको म्यान्डेटलाई बहुमत प्राप्त सरकारले लत्ताएको भन्दै उनले ३० बर्ष जहानिया साशन लागू हुनुपर्ने भन्दै राजतन्त्रको आवश्यकता रहेको तर्फ संकेत गरेका छन् ।

यस्तै गायक प्रमोद खरेलले पनि ३६ लाख ६३ बनाउन खोजेर कहाँ हुन्छ त भनेर प्रश्न गरेका छन् ।

उनले गणतन्त्रमा पनि जनता दास भैराख्ने र आफ्नाले जे गरेपनि जयजय भनिराख्ने ओ भने यस्ता खालका तहस–नहस सहिरहनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

Author

You may also like