दाङ / झुलुंगे पुलमा टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापाको मृत्यु भएको हो ।
दाङको बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा छहरा नजिकमा रहेको झोलुङ्गे पुलको लठ्डामा चढेर टिकटक बनाउनेक्रममा खसेर सो लठ्ुडामा केही समय झुण्डिएका उनी हात गलेर झुण्डिन र त्यहाँबाट निस्किन समेत नसकेपछि तल खोलामा झरेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
शनिबार दिउँसो दुई बजेतिर पुलबाट खसेपछि गम्भिर घाइते थापाको सोमबार विहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।