समाचार

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

इटहरी, पुस २६ गते। वराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा बिहीबार जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार जङ्गली हात्तीको आक्रमणबाट वराहक्षेत्र ५ घर भएका ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो।

बिहीबार बिहान आफ्नो घर नजिक रहेको जनजागृति सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका अवस्थामा विष्टको हात्तीले कुल्चिएर मृत्यु भएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार घटनास्थल नजिकै समूहमा रहेका जङ्गली हात्ती समेत देखिएको थियो। पछिल्लो दुइ महिनाको अवधिमा पूर्वी नेपालको सिमानाबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले झापा, मोरङ्ग र सुनसरी जिल्लामा मात्र आठ जनाको ज्यान लिएको छ।  गाेपबाट साभार

You may also like