दमक/ झापास्थित दमक–१ निवासी चुडामणी भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
आइतबार साझ झापाकाे कमल–६ मा खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षीय श्रीमती टिकामाया पौडेल भण्डारीको हत्या गरेकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।
टिकामाया अर्कै पुरुषसँग लागेको र उनको खुकुरी प्रहारबाट हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पण्डितले बताएका छन् ।
घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन् । भाग्ने ति पुरुष को हुन् र किन भागेका भन्ने बारेमा थाहा हुन सकेको छैन ।