समाचार

हुलाकी सडक निर्माणको क्रममा कल्भर्ट निर्माणको कार्य अन्तिम चरणमा

झगेन्द्र खड्का,गौरीगंज। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माणको क्रममा कल्भर्ट निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। झापाको रतुवा खोला देखि बिरीङ खोला सम्म निर्माणका लागि ठेक्का लागेको छ।

झापाको दक्षिणी क्षेत्रको बिकाशको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माणका लागि मोतिदान कन्ट्रक्सन सेवा प्रा.लि. काठमाडौंले जिम्मा पाएको छ।रतुवा खोला देखि माई खोला भित्रका सडकमा रहेका ३८ वटा कल्भर्ट निर्माण भइरहेका छन।

मुख्य खोला बाहेक सानातिना खोल्सी, बर्षायाममा पानीको बग्ने स्थानमा कल्भर्ट निर्माणको कार्य तिब्र रुपमा भइरहेको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर दिपक श्रेष्ठले जानकारी गराए। बर्षा सुरु हुनु अगाबै सबै कल्भर्ट पुरा गर्ने लक्ष्य रहेको पनि मेनेजर श्रेष्ठले बताए।

बर्षायाम सुरु हुन लागेकाले पानी पर्दा आवतजावतमा समस्या हुन सक्ने संभावनालाई मध्यनजर गरि कल्भर्ट निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएको कम्पनीका ठेक्केदार बिकाश गौतमले जानकारी गराए।हुलाकी सडक भित्र रहेका ३८ वटा कल्भर्ट मध्ये २० वटाको ढलाई भइसकेको, १५ वटा ढलाइ हुने क्रममा रहेको र ३ वटा निर्माणको क्रममा रहेको मेनेजर श्रेष्ठले जानकारी गराए।

बनियानी खोला देखि ब्रिङ खोला सम्मका कल्भर्ट पनि निर्माणकार्य भइरहेको जनाइएको छ।सडक निर्माणकार्यमा सडक चौडा,होचो ठाउँमा माटो भर्ने कार्य भइरहेको छ। हुलाकी सडकको तुलाचौन क्षेत्रमा करिब १ कि.मि. ५ मिटर सडकमा माटो भर्ने कार्य सकिएको श्रेष्ठले बताए। लकडाउनको समयमा पनि प्रा।लि।ले समाजिक दुरी कायम गरि निर्माणकार्यलाई निरन्तरता दिएको र निर्माण कार्य सम्पन्न गर्ने समय अगाबै सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार गौतमले बताए।

Author

You may also like