दमक । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नेतृत्वमा राहुल रेग्मी निर्वाचितअन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (International Nepalese Blood Donors Association–INBDA) को सातौँ महाधिवेशन काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा सम्पन्न भएको छ।
विश्वका विभिन्न देशमा रहेका नेपाली रक्तदाताहरूलाई एकताबद्ध गर्दै रक्तदान अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै आएको संघको महाधिवेशनले राहुल रेग्मीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा राहुल रेग्मी चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा डा. मनिता राजकर्णिकार र उत्तम अधिकारी, महासचिवमा तेज कटुवाल, सचिवमा रामराज ओली र मुक्तिराम पोख्रेल तथा कोषाध्यक्षमा सुनिलराज श्रेष्ठ निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले संस्थाको संस्थागत विकास, आपसी एकता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउँदै रक्तदान अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।
विश्वभर छरिएर रहेका नेपाली रक्तदाताहरूलाई एउटै सञ्जालमा आबद्ध गरी रक्तदानमार्फत मानव जीवन बचाउने उद्देश्यका साथ सक्रिय संघको नयाँ नेतृत्वले मानवीय सेवाको अभियानलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष राहुल रेग्मी तथा सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।