देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

स्थानीय तहमा सक्षम नेतृत्व ल्याउन रास्वपाको कसरत : २० हजारबढी आवेदन

दमक/स्थानीय तहमा सक्षम नेतृत्व ल्याउन रास्वपाको कसरत शुरु गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ भने अन्य दलहरु पनि आन्तरिक तयारीमा जुटेका छन् ।
रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई अरु दलहरु भन्दा रास्वपाले अगाडि बढाएको छ । परम्परागत राजनीतिक दलहरूमा निर्वाचनको मुखमा मात्रै उम्मेदवार छनोट गर्ने र शीर्ष नेताको तजबिजमा टिकट बाँड्ने प्रवृत्ति रहँदै आए पनि रास्वपाले निर्वाचनभन्दा निकै अगाडिदेखि नै ‘क्यान्डिडेट क्लब’ मार्फत आकांक्षीहरूको खोजी, परीक्षण र प्रशिक्षणको प्रक्रिया थालेको हो ।
सोमबार विराटनगरमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रममा वडाका सभापतिदेखि नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश, केन्द्रीय नेता, सांसद तथा पार्टीका नेता कार्यकर्ताको सहभागितामा स्थानीय निर्वाचन, उम्मेदवार छनोटको विधि र पार्टीको रणनीतिका बारेमा छलफल भएको बताइएको छ ।
रास्वपाका सचिवालय सदस्य लिमा अधिकारी, सचेतक प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य रोहन कार्कीलगायतका नेताले अन्तरक्रियात्मक कार्यक्रमको नेतृत्व गरेका थिए ।
कार्यक्रममा रास्वपाले खुला रूपमा सक्षम व्यक्तिहरूलाई पार्टी राजनीतिमा आकर्षित गर्न ‘ल्याटरल इन्ट्री’ को नीति पनि अगाडि सारेको जनाएको छ । पार्टी बाहिर रहेका तर समाजमा स्थापित विज्ञ, क्षमतावान र इमानदार व्यक्तिहरूलाई समेत स्थानीय तहको नेतृत्वमा ल्याउने नीति रहेको नेतृत्वले दावी गरेका छन् ।
रास्वपाले स्थानीय तहको उम्मेदवार बन्न चाहने आफ्ना संगठित सदस्यहरूका लागि सुरु गरेको ‘क्यान्डिडेट क्लब’ मा तल्लो तहबाटै व्यापक आकर्षण देखिएको जनाएको छ । केन्द्रीय सचिवालयका अनुसार गाउँपालिका तहमा मात्रै हालसम्म करिब २० हजारभन्दा बढीले उम्मेदवारीका लागि आवेदन दिइसकेका छन् ।
नगरपालिकाको प्रक्रिया सम्पन्न भएपछि अन्य ठुला तहमा पनि आवेदन खुला गरिने उनले जनाइएको छ । रास्वपाले यसपटक स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा कुनै नेताको सिफारिस वा भनसुन नचल्ने दाबी गरेको छ । उम्मेदवार छनोटका लागि पार्टीले चार वटा मुख्य खम्बा तय गरेको छ, जसमा राजनीतिक सामीप्यता, नेतृत्व क्षमताको तालिम, समावेशिता र आन्तरिक प्राइमरी निर्वाचनलाई निश्चित प्रतिशत अंक छुट्ट्याइएको छ ।
‘प्राइमरीमा चार वटा कम्पोनेन्ट छन्, एउटा संघमा भएजस्तै प्रक्रिया छ भने एउटा पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक सामीप्यता) को २५ प्रतिशत भारअंक हुन्छ । लिडरसिप एकेडेमी (पार्टी नेतृत्व प्रतिष्ठान) को २५ प्रतिशत हुन्छ । त्यसपछि १० प्रतिशत समावेशिताको हुन्छ अनि बाँकी ४० प्रतिशतचाहिँ प्राइमरी इलेक्सन (आन्तरिक निर्वाचन) को हुने पार्टीले जनाएको छ ।
सो ४० प्रतिशतको प्राइमरी निर्वाचनलाई पनि १०० प्रतिशत मानेर तल्लो तहका कार्यकर्तालाई निर्णायक शक्ति दिइएको छ । केन्द्रीय नेतृत्वको हस्तक्षेपलाई घटाएर स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको रास्वपाका सचिवालय सदस्य लिमा अधिकारीले बताइन् । ‘त्यो ४० प्रतिशतलाई पनि फेरि भित्र डिभाइड गरिएको छ । त्यसलाई फेरि टुक्राएर १०० प्रतिशत बनाउँदा ६० देखि ७० प्रतिशत सबैभन्दा धेरै भारअंक वडालाई दिइएको छ । त्यसपछि पालिका, जिल्ला, निर्वाचन क्षेत्र र प्रदेशहरूलाई बाँडिएको छ । केन्द्रका केन्द्रीय सदस्य र सांसदहरूलाई त त्यसको जम्मा १० प्रतिशत मात्रै भारअंक दिइएको छ, त्यसरी मिलाइएको छ,’ उनले भनिन् ।
यो व्यवस्थाले गर्दा केन्द्रमा नेताको चाकडी गरेर टिकट फुत्काउने परिपाटी पूर्ण रूपमा बन्द हुने र स्थानीय स्तरमै लोकप्रिय व्यक्ति मात्र उम्मेदवार बन्न सक्ने रास्वपाको विश्वास छ ।

Author

You may also like