लेख सामाजिक सञ्जाल

बेल्यिमद्वारा अमेरिकमा ४–१ गोल अन्तरले पराजित


दमक/ विश्वकप फुटबल प्रतियोगिताको सहआयोजकअमेरिकालाई घरेलु मैदानमा हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाले सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरी बेल्जियमले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
बेल्जियको जितमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एकएक गोल गरे ।
खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।
त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रताको दुरी बढाए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाए ।
योसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो बनेको बेल्जियम २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ ।

Author

You may also like