सीमा बचाऊ अभियानमा सञ्चालन गरेकाे नागरिक समाजले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलन गरी समितिले साे नेपालको नक्सा सार्वजनिक गरेको हो।
अभियानका प्रा. डा. नरेन्द्रराज खनालले नक्सा तयारबारे जानकारी दिँदै विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए। ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’
सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए।