दमक । आठौँ संस्करण मनसुन ट्रेल रेस’ अन्तर्गत भएको दौडमा खुला पुरुषतर्फ प्रताप थामसुहाङ र महिलातर्फ पुष्पा शेर्मा प्रथम भएका छन्।
अठार किलोमिटरको दौडमा एक घण्टा ५९ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै प्रताप र दुई घण्टा ३३ मिनेट १४ सेकेण्डमा दूरी पार गर्दै पुष्पा प्रथम भएका हुन्।
रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोगमा आज सञ्चालन पुरुष तथा महिला खुला र ४० वर्षमाथि महिला, पुरुष ९भेट्रान० दौड प्रतियोगितामा ५८ जनाको सहभागिता थियो।
चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ, पाँचधारे हुँदै चखेवासम्म सञ्चालन भएको दौडको खुला पुरुषतर्फ चन्द्रबहादुर लिम्बु द्वितीय, दीपक राई तृतीय भए भने महिलातर्फ रुष्मा राई द्वितीय, दीर्पा बस्नेत तृतीय भए।
एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिएको हो।
४० वर्षमाथि पुरुष ९भेट्रान० तर्फ दुई घण्टा १२ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै जङ्गवीर कुलुङ प्रथम, किरण कुलुङ द्वितीय र विजयकुमार राई तृतीय भए।
महिलातर्फ तीन घण्टा २९ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै जमूना राई प्रथम, विनिता राई द्वितीय र निर्वा राई तृतीय भएका आयोजक संस्थाका अध्यक्ष पावीहाङ राईले जानकारी दिए।
उनले मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मुन्दुम मनसुन ट्रेल रेस आयोजना गरिएको बताए।
खुला पुरुष तथा महिला दुवैतर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार पुरस्कार प्राप्त गरेका छन्।

Author

You may also like