काठमाडौँ, अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्रात गर्न सकिने भन्दै गैरआवासीय नेपालीहरुलाई लगानी गर्न आग्रह गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन कार्यक्रममा उहाँले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यक्तामा सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो ।