अर्थ

बैंकको रकम निकाल्दै गरेको तीन ह्याकर पक्राउ

काठमाडौं, नेपाल प्रहरीले फेरि तीन जना ह्याकरलाई काठमाडौंबाट पक्राउ गरेको छ। कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ ह्याक गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन। तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे।

Author

You may also like