स्वास्थ्य

बीपीमा स्वास्थ्य विज्ञान सम्मेलन हुने

धरान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विज्ञान सम्मेलन हुने भएको छ । प्रतिष्ठानको अडिटोरियम हलमा हुने २६औं वार्षिक स्वास्थ्य विज्ञान सम्मेलन बुधवारदेखि ३ दिनसम्म चल्नेछ । सम्मेलनमा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन चिकित्सकले गरेका शोध तथा अनुसन्धानमाथि छलफल तथा बहस हुने भएको छ ।

यसैगरी २१० ओटा शोध तथा अनुसन्धान पत्रहरू प्रस्तुत गरिने प्रतिष्ठानले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतिष्ठानमा विभिन्न ३२ ओटा विभाग छन् । सबै विभागहरूबाट शोध तथा अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलनका संयोजक तथा विभागीय प्रमुख प्रा,डा, प्रकाश पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार सम्मेलनमा प्रतिष्ठानका सम्पूर्ण प्राध्यापक, शिक्षक, डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी सहभागी हुनेछन् । यस्तै कार्यक्रममा प्रस्तुत शोध तथा अनुसन्धानपत्रहरूमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत उहाले बताउनु भयो । अनुसन्धानले उपचार विधि, पद्धतिमा सुधार गर्नुपर्ने वा स्वास्थ्य नीतिमा पनि सुधार गर्नुपर्ने विषय औंल्याउने गरेको छ ।

Author

You may also like