दमक/ नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने क्रम उच्च रहे पनि नेपालमा समेत विदेशी विद्यार्थीहरु आउने गरेका छन् । साथै यो संख्या अघिल्लो वर्षको तुलनामा बृद्धी समेत भएको छ ।
यस वर्षको आठ महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि ४ अर्ब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा मुलुक भित्र्याएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस शीर्षकमा नेपालले ३ अर्ब ५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको थियो । नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता बढ्दै गएको, आर्थिक विकासका लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीका नयाँ अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या बढिरहेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् । सरकारी तथ्यांकहरूले नै कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको देखाएको छ ।
हाल म्यानमार, भुटानलगायत देशबाट नेपाली मूलका धेरै विद्यार्थी थाइल्यान्ड आउने गरेका छन् । यसरी चालु वर्षको आठ महिनामा विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिएको रकमबाट विदेशी विद्यार्थीमार्फत नेपाल भित्रिएको रकम घटाउँदा खुद ९२ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ नेपालबाट बाहिरिएको देखिन्छ । गत आर्थिक वर्ष यस्तो रकम ८५ अर्ब ८६ करोड ४५ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०८१/८२ मा अध्ययनका लागि मुलुकबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तो रकम हरेक पछिल्ला वर्षमा बढिरहेको छ ।नेपालबाट विदेशमा अध्ययनका लागि जाने खर्च वर्षेनी वृद्धी हुँदै गएको पाईएको छ । नेपालमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न विश्वविद्यालय र अन्तर्राष्ट्रिय स्तरका कलेजहरु भए पनि अध्ययनकै लागि भनेर ८ महिनामा ९३ अर्व भन्दा बढि रकम बाहिरिएको छ । यो गएको आठ महिना (साउन–फागुन) मा औपचारीक माध्यमबाट गएको मात्र रकम हो ।
यस अवधीमा वैदेशिक अध्ययनमा ९३ अर्ब ८९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ८ प्रतिशतले बढेको हो । यस अवधिमा विदेश अध्ययनका लागि जाने विद्यार्थी संख्या बढेकाले त्यसबापत बाहिरिने विदेशी मुद्रा पनि बढेको जानकार बताउँछन् । गत आर्थिक वर्षको आठ महिनामा यही शीर्षकमा ८५ अर्ब ८६ करोड रुपैयाँ बाहिरिएको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ । विदेशमा अध्ययनसँगै काम पाइने र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको देखिएको हो ।

Author

You may also like