देश–समाज राजनीति समाचार स्थानीय

दमकमा राष्ट्रिय परिवर्तन पार्टीले कार्यालय खोल्यो, मंसिर २७ गते दमकमा घोषणासभा हुने

दमक । राष्ट्रिय परिवर्तन पार्टीले झापा कार्यालय दमकमा स्थापना गरेको छ । मंगलबार दमकको वडा नं. ६ मा सो पार्टीका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले रिवन काटेर उद्घाटन गरेको हुन । सो पार्टीलाई जेनजी युनाइटेडले साथ, सहयोग र समर्थन गर्ने भएको छ । उद्घाटनपछि अनौपचारिक रुपमा पत्रकारसँग कुरा गर्दै जेनजी आन्दोलनले उठाएका मुद्दाहरु आझेलमा परेका कारणले अब राजनीतिक रुपमा समर्थन गरेर अगाडि बढ्नुको विकल्प नभएकोले सो पार्टीलाई समर्थन गरिएको राईले बताए ।


उनले जेनजी युनाइटेडले उक्त पार्टीलाई समर्थन गर्ने घोषणा सभा मंसिर २७ गते आदिवासी रंगशाला दमकमा हुने भएको छ । जेनजी आन्दोलनमा माग पुरा गराउन एकताको खाँचो रहेको र सबैलाई एकताबद्ध गर्दै सहिदको सपना र घाइतेको आशा र विश्वासलाई सार्थक तुल्याउन अब राष्ट्रिय परिवर्तन पार्टीको माध्यमबाट अगाडि बढ्ने जेनजी युनाइटेड संयोजक अञ्जना राईले बताईन । सो कार्यक्रममा सो पार्टीका अगुवाहरुले संवैधानिक संकट आउन नदिन र जेनजी आन्दोलनले उठाएका मुद्दा, सहिदको सपना पुरा गर्न र घाइतेहरुको विश्वासलाई सार्थक तुल्याउन आवश्यक रहेकोले पनि राजनीतिक रुपमा दलको समर्थनमा उत्रिनु परेको बताएका छन् । धेरै दलहरुबीचमा आवश्यकता, स्पष्टता अनि मुद्दा मिल्ने जोकोहीसँग मिलेर अगाडि बढ्नेमा उनीहरुको जोड रहेको बताएका छन् ।

सो पार्टी आन्दोलनमा खुट्टा गुमाउनु भएका राजेश प्रतेलको अध्यक्षतामा, ज्ञान्दीलत्तको प्रतीक जुत्ताका मालिक घाइते प्रकाश बोहोरा, कर्णालीका दुवै आँखा गुमाउनु परेका सन्तोष बोहोरा, २७ छरां मध्ये अप्रेशन गर्न नमिलेर १७ वटा अझै शरीरमै बोकेर बाँचिरहेका भूपेन्द्र खड्का, ४ गोलीको घाउ शरीरमै लिएर ऋणको कारण विदेशिन बाध्य प्रवेश राई, “मेरो बाबु कहिले आउँछ भनेर सोधिरहने सहिद दिनेश राजबंशीका सानी छोरी सहित देशभरका सहिद परिवार र घाइतेहरूको आंसु र बलिदानबाट जन्मिएको राजनीतिक परिवार नै “राष्ट्रिय परिवर्तन पार्टी“ रहेको उल्लेख गरेका छन् ।
उनीहरुले हालसम्म देशभरबाट तथ्यांक अनुसार ३३ हजार ७ सय ५७ जेनजी युवाको समर्थन पाइसकेको र आगामी घोषणसभामा दमक र आसपासका करिब १५–२० हजारको उपस्थिति रहने पनि उल्लेख गरे । सो कार्यक्रममा जेनजीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Author

You may also like