देश–समाज समाचार स्थानीय

दमकमा सर्वदलीय छलफल : राजनीतिक दलहरु रुपान्तरित हुनुपर्नेमा एकमत

दमक । राजनैतिक नेतृत्वको अदुरदर्षिताका कारण नागरिकमा पैmलिएको असन्तुष्टिमा नेपालमा शान्ति नचाहने तत्वले खेलेका कारण जेन्जी आन्दोलनका क्रममा मुलुकले ठुलो क्षति भोग्नु परेको दमकका राजनैतिक दल तथा नागरिक समाजका अगुवाले बताएका छन् । दमक नगरपालीकामा मंगलबार राखिएको सर्वपक्षिय छलफलमा बोल्ने अधिकांस वक्ताहरुले भौतिक विकास भएपनि सुसाशन नहुँदा नागरिकमा पैmलिएको आक्रोसलाई बिदेशी शक्तिले खेल्ने मौका पाएको भन्दै अब पनि मुलुकबासी एक नभए अझ ठुलो संकट आउने सक्ने जोखिम औल्याएका छन् ।
फेरी पनि मुलुकलाई निकाश दिने राजनैतिक दलहरुलेनै हो भन्दै नागरिक समाजका अगुवाहरुले अहिलेको बिषम परिस्थितिमा एक अर्कालाई दोश देखाएर भन्दा पनि सम्बाद र सहकार्यको माध्यम अपनाउनु पर्ने बताएका छन् ।
छलफलको अध्यक्षता गरेकी दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराईले आन्दोलनका आडमा ठुलो बिध्वंसनमा परि दमकमा ठुलो क्षति भएको जानकारी दिँदै यस्तो समयमा निराश भएर बस्ने भन्दा पनि आगामी दिनमा यसको पुनर्निर्माणमा जुट्नु अहिलेको आवस्यकता भएको बताइन् । एक अर्कोलाई दोषारोपण गरेर बस्ने भन्दा पनि अहिलेको निकासका लागी सबैको सहयोग आवश्यक रहेको उनले बताइन् ।
छलफलमा बोल्दै नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य चन्द्र खड्का भट्टराईले दलहरुले मुलुकको विकास गरेपनि नागरिकले शुसाशनको अनुभुति नगरेका कारण भदौ २३ गते आन्दोलन भएको बताइन । तर आन्दोलमा निर्दोष बालबालिकालाई बलिको बोको जस्तो बनाईएको उनले बताइन । कार्यक्रममा नेकपा एमाले कोशी कमिटी सदस्य अम्बिका खनालले लामो समयदेखी नेपालनै ध्वस्त बनाउने गरि बनाईएको योजना नागरिकको असन्तुष्टिमा घुसपैठ गराईएको बताइन । विगतमा दलहरुलाई भोट दिने नागरिक समेत अहिले दलहरुको पक्षमा नरहेको भन्दै उहाँले राजनैतिक दलहरुमा समेत सुधारको आवस्यकता रहेको बताइन । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कोषाध्यक्ष गगन पुरीले भदौ २३ र २४ दुवै दिनका घटनालाई बराबर केलाउनु आवस्यक रहेको बताए । २३ गते निर्दोष बालबालीकामाथि बर्बर हत्या भएकोले त्यसको निश्पक्ष छानबिन हुनैपर्ने भन्दै उनले २४ गते निजी र सरकारी सम्पत्ति ध्वस्त पार्नेहरुलाई समेत कानुनको दायरामा ल्याउनु पर्ने औंल्याए ।
त्यसैगरी मानव अधिकारबादी नेता डा. केपि सुवेदी, नेपाल रेडक्रस सोसाईटी दमक सभापति प्रकाश बुढाथोकी, उद्योग बाणीज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईं, नेपाली कांग्रेस नगर सभापति प्रकाश प्रसाईं, अखिल नेपाल महिला संघ झापा जिल्ला अध्यक्ष लिला ढुंगेल दाहाल, ईलाका प्रशासन कार्यालय दमकका प्रमुख, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख, ईलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि लगायतले बोल्दै नगर उपप्रमुखले सबै पक्षको छलफल बोलाएर दमकमा एकताको सन्देश दिन खोजेको भन्दै प्रसंसा समेत गरेका थिए ।

Author

You may also like