देश–समाज

मंगलबारको मौसम

काठमाडौँ, मगलबार काठमाडौँ लगायत देशभरका मौसम सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने भएपनि मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने महाशाखाले जनाएको छ । मंगलबार दिउँसो तराइबाहेक अन्य ठाउँमा सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट पानी परेपनि ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएको छ ।

You may also like