बुझ्न सके जीवन एक महान तपस्या हो
बुझ्न नसके जीवन एक भयानक समस्या हो
कहिँ गाइरहेको सुनिन्छ भने कतै चिच्याइरहेको सुनिन्छ
कहिँ अल्मलिइ रहेको देखिन्छ भने कतै छटपटाइ
रहेको देखिन्छ त कतै सोचमग्न भएको देखिन्छ
बाटो अप्ठ्यारा छन रोकिनु हुन्न
खाडलै खाडल छन गन्तव्य अल्मलिनुहुन्न
संघर्ष हो जीवन जस्तोसुकै चुनौतीको सामना गर्नुपर्छ ।
हो, वास्तवमा जीवन एक नदी हो, सललल बगिरहनुपर्छ । त्यसरी नै हाम्रो जीवनपनि बगिरहेछ, कहाँ गएर टुङ्गिने हो कोहिकसैलाइ थाहै हुन्न । जन्मिदै यो भौतिक संसारमा को कसले के के कर्म गर्नुपर्छ बाचुन्जेल भन्ने कुरा पूर्वजन्ममा लेखेको हुन्न । आफ्नो कर्म आफैले बनाएर लाने हो यहाँ कोहिकसैले अर्काको कर्म बनाइदिदैन । श्रमजीवी बन्नका निम्ति सबैले कर्मशील बन्ने हो यहाँ भाषणमा मात्र कुरा गरेर म श्रमजीवी हु, म कर्मशील हु भनेर हुनेवाला केही छैन यहाँ जीवनका भोगाइहरुमा कर्मका रेखाहरु अघि बढेका हुन्छन । हो, आज यस्तै(यस्तै कथा र ब्यथामा जीवन चलाइरहेका अनगिन्ती मान्छेहरुको एक प्रतिनिधि पात्रको बारेमा बनेको फेहरिस्त कथा बोकेको नेपाली चलचित्र “एन्जिला” को यथार्थ घटनाको परिवेश तपाईं पाठकवर्गहरुमा संप्रेषित गर्न जादैछु जुन यथार्थपरक घटना हो । संघर्ष जीवन हो भनेर अघि बढ्ने एन्जिला तुम्बापो सुब्बा नेपाली राष्टिूय महिला टोलीकी पहिलो रोजाइकी गोलकिपर हुन उनी । त्योपनि आफ्नो जीवनीमा बनेको चलचित्रमा आफ्नो भूमिकामा आफै अभिनय गर्ने बिश्वकै दुर्लभ कलाकारका रूपमा उनैलाई मात्र भेट्न सकिन्छ । यति धेरै उपलब्धि हासिल गरेर खेल्न नछोडेकी २८ बर्षिया सुब्बालाइ कहिलेकाही आफू “ सपनाको यात्रामा” छु कि म कहाँ छु ? के ( के गर्दैछु, मैले अब गर्नुपर्ने काम के हो ? भन्ने लाग्छ उनलाई । हुन पनि हो जीवनमा कहिल्यै हार नखाने , जीवनदेखि नडराउने एउटा खेलाडी अनि सपना बिपना भएजस्तै एउटा सफल कलाकार हुनु कति गाह्रो छ जीवनमा । म गर्छु भनेर हुन्न, गरेर ठूलो भएको राम्रो । मुखले म गर्छु, म सक्छु भनेर हुन्न यथार्थमा गरेर देखाउनु चाहिँ उपलब्धि हो । यसलाई जीवनमा शिरोपर गरेर हिडने उनै हुन जो संघर्षलाई जीवनमा अर्पण गर्छ । सफल खेलाडी र कलाकार जो कोहि हुनै सक्दैन । एउटामात्र पेसामा आवद्ध भएका हुन्छन जोकोही तर यो दुइटै पेसालाई आत्मसात गरेर अधि बढ्नै सकिन्न जो पनि । गर्नेले त सक्छु भन्ला, अवसर पाए सकिएला तर अवसरै मलाई कसैले दिएन यदि दिएको भए यो संसारलाई म जितिदिन्थे भनेर फुटानी त जसले पनि लाउला तर यहाँ संघर्ष गरेर अघि बढ्न सक्ने बिरलैमात्र पाउन सकिन्छ ती मध्येकी साहसिक महिला हुन, एन्जिला तुम्बापो सुब्बा । पाँचथरको विकट फाक्तेप गा .पा .मा एउटा मध्यम बर्गीय परिवारमा जन्मिएकी उनको यो यात्रा तय गर्न गरेको संघर्षको कथा भने बेग्लै छ । उनको विगत कहालीलाग्दो र कठिन थियो । उनले दुःखको पहाड छिचोलेकी छिन , आलोचनालाई पिएकी छिन । संघर्षलाई दिनचर्या बनाउदै उनी यतिबेला खारिएकी छिन । जीवनले दुःख गर्न सिकायो । उनको जीवनै आधिबेहेरी जस्तै हुन पुग्यो । यतिमात्रै होइन लाखौ समर्थककी प्रीय बनेकी छिन । सानो छदा उनको परिवारमा विखण्डन भयो । उनका अनुसार बुबाले दोश्रो बिबाह गरेपस्चात उनको परिवारले अनेकौं दुःख झेल्नुपर्यो । केही समयपछि आमालेपनि अर्को बिहे गरिन । कर्म बुबाको साहारामा जीवन सहज बन्यो । तर यी घटना र परिवेशमा हुर्किएकी उनी बनिन, उनले खुलेर हास्न खोजिनन । स्वभाव भने केही गर्ने अठोट लिएपछि पूरा गरेरै छाडने खालको बन्यो । दुःख, संघर्ष गर्न अलिकति पनि नडराउने बानी पर्यो । आज उनी देशको “नम्बर वान” गोलकिपर बन्न यिनै स्वभावको प्रमुख सहायक बनिन । जुन उनको संघर्ष अहिलेपनि चलिरहेको छ । जीवनमा हारपछि जीत अवश्य छ तर डराउनु भने पटक्कै हुन्न । जीवनलाई बन्धक राखेरै भएपनि सफलता हात पार्नु पर्छ भन्ने उनको उद्देश्य उनकै कथा र ब्यथामा बनेको यो नेपाली चलचित्र “अन्जिला” एउटा कथा हो, ब्यथा हो, छ्टपटी हो, संघर्ष हो, आधिबेहेरी हो । यो एउटा संघर्षको पर्याय हो । यो चलचित्रको सबै केन्द्रीकृत कथा बस्तु एन्जिलाकै जीवनीसङ्ग आधारित छ । उनले यो चलचित्रमा गरेको अभिनय अन्तर्मुखी स्वभावसङ्ग कतै मेल नखानुपर्ने हो । उनमा अभिनय गर्ने न त चाहानानै थियो । तर अनौठो के भयो भने उनले आफै वायोपिक एन्जिलामा अभिनय गरिन । उनले भनेकी छिन कि उनकै शब्दमा ( जबसम्म म आफै लडदिन तबसम्म मेरो साहारा कोही हुँदैन  । उनीसङ्ग एउटा विशेष योजना छ । स्नातक पढ्दै गरेकी उनी पढाइसकेपछि सशस्त्र प्रहरी बलमा निरीक्षक बन्न चाहने । यतिमात्र होइन यो चलचित्रको कथासङ्गै अर्को चाहना फुटबल अक्याडमी खोल्नुपनि हो । उनी आफ्नी आमालाई देश बिदेश घुमाउन पनि चाहन्छिन । पर्दामा देखिने त एउटा अंशमात्रै हो, जीवनमा अझै धेरै गर्न बाकी छ । उनले यस चलचित्रमा झण्डै डेढ बर्ष कुराएर खेलिरहेको एकमहिना समय दिएको कुरा बताएकी छिन । उनीले भनेकी छिन कि ( यो चलचित्रमा मेरो अभिनय नयाँ थियो, तर मेरै कथा भएकाले यसमा अभिनय मात्र निकै कम गर्नपथ्र्यो, सोही कारण मैले चलचित्र गर्ने निर्णय लिएको थिए, यसकालागि सबैले सहयोग गर्नुभयो । उनले यस चलचित्रमा उनको बाल्यकाल, तेह्र बर्षसम्मको भूमिका अन्य कलाकारले निर्वाह गरिन । यो चलचित्रमा देखाइएका अधिकाङ्श दृश्यमा उनले फुटबल खेलेकी छिन । लगभग उनी पर्दामा देखिने समयको २५ प्रतिशत मात्र छ । कथा, ब्यथा, पीडा, छटपटाहट हेर्दा यो चलचित्रलाई अझै माथिल्लो स्थानमा पुर्याउन सक्ने ल्याकत यो चलचित्रकै सर्वाधिक टिकटक भाइरल गीत जुन गीत युवा गजलकार प्रभा बर्तौलाको रचना र कर्णप्रीय स्वरका गायक ÷ गायिकाद्वय थानेश्वर गौतम र शान्ति श्री परियारद्वारा गाइएको गीत जुन गीत छ (
हो …हो …हो
रात किन हुन्छ हजुर ?
दिन किन हुन्छ ?
थाहा छैन जिन्दगी
कठिन किन हुन्छ ?
थाहा छैन जिन्दगी
कठिन किन हुन्छ ?
न त ओत लाग्ने छानो
न त पेट भर्ने मानो
अभावसङ्ग खेल्दा खेल्दै
जिन्दगीनै भयो बिरानो …………………
जुन गीतमा दुःखका स्वरहरु जनजनमा गुन्जाएर आफ्नो अभिनय कला बरिष्ठ कलाकार सुरवीर पण्डितले देखाएका थिए । यो गीतमा धेरैजसो छायांकन एन्जिला तुम्बापो सुब्बाको जीवन कहानीका परिदृश्य देखाइएको छ । समग्रमा भन्नुपर्दा यो एन्जिला चलचित्रको उचाईलाई सर्वलोक माथिसम्म पुर्याउनेमा उनै एन्जिला तुम्बापो सुब्बाको जीवन कहानीको कथा र गीतहरु छन । यस्ता गाउँघरमा लुकेर रहेका प्रतिभाहरु आगामी दिनमा कथा बनेर आउन । विभिन्न जातिजनजातीका आवाज बुलन्द हुँदै आउन । विविधतामा एकता, नेपालको विशेषता, राष्टिूय एकताको धार, अन्तर्राष्टिूय एकताको आधार भनेझै सबैको आवाज नदबिउन, सबैको आवाज बुलन्दहुँदै जाउन । अब उठनुपर्छ , अब जाग्नुपर्छ, अब जुर्मुराउनु पर्छ । एन्जिलाजस्तै कर्मशील बनेर अब देशमा नौलो बिहानी ल्याउनका लागि फुटेर होइन जुटेर अघि बढनुपर्छ ।

Author

You may also like